मनाङको स्यार्कु जङ्गलमा आगलागी « Khabarhub

मनाङको स्यार्कु जङ्गलमा आगलागी


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

मनाङ – जिल्लाको चामे गाउँपालिका–१ तिमाङ स्यार्कुको जङ्गलमा आज आगलागी भएको छ । आज दिउँसो करिब १ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रशरी, जनप्रतिनिधि तथा स्थानीयले निभाउने प्रयास गरे पनि अझै नियन्त्रणमा आएको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीका १५ जना, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयलगायको पहलमा आगो निभाउने कार्य भइरहेको छ ।

प्रनाउ भने, ‘भिरालो क्षेत्र भएकाले सहजै आगो निभाउन समस्या भएको हो । जिल्लाका सुरक्षा निकायको सहयोगमा आगो बस्तीसम्म पुग्न नदिन निभाउने प्रयास भइरहेको छ ।’ उक्त क्षेत्रमा फोन सम्पर्कसमेत नहुँदा समस्या भएको उनले बताए ।

डिभिजन वन कार्यालयका प्रमुख अरुण पराजुलीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको क्षेत्रअन्तर्गतको जङ्गलमा आगलागी भएको जानकारी दिए । उनका अनुसार आगलागी भएको क्षेत्रमा प्राविधिकसहित सुरक्षा कर्मीको टोलीले आगो नियन्त्रणमा दिने प्रयास गरिरहेका छन् ।

‘अहिले जङ्गलमा मात्रै आगलागी भएको छ । जङ्गलको वरिपरि बस्ती भएकाले समयमा नै आगो निभाउन सकिएन भने बस्तीसम्म पुग्ने सम्भावना छ’, पराजुलीले भने, ‘भिरालो क्षेत्र भएकाले समस्या भइरहेको छ ।’

अहिलेसम्म कति क्षेत्रफलमा आगलागी भएको छ भन्ने आँकलन गर्न नसकिएको उनले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले आगो निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पहल गरिरहेका जानकारी दिए ।

उनका अनुसार आगो अझै बढ्ने सम्भावना भएमा नेपाली सेनासमेत परिचालन गर्ने भएकाले तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ८ : २७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार