रौतहटमा युवकको शव भेटियो, हत्याको आशंका « Khabarhub

रौतहटमा युवकको शव भेटियो, हत्याको आशंका


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

रौतहट। रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा शनिबार एक जना युवकको शव फेला परेको छ ।

गौरनगरपालिका–४ टिकुलिया बकैया खोलाको बाँध नजिकै स्थानिय शुभनारायण सहनीको छोरा २० वर्षीय रोहित सहनीको शव भेटिएको हो ।

घरबाट शौच गर्न निस्किएका उनको शव घर नजिकैको केराबारीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन् ।

गिरीका अनुसार मृतक सहनीको शरीरमा कुनै प्रकारको दाग तथा कुटपिटको चिन्ह देखिएको छैन । मृतकको साथबाट लागुऔषध गाँजा भरिएको चिलम जस्तो बस्तु बरामद भएको प्रहरीले जनाएको छ।

मृतक शहनिको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको छ । सहनीको कसैले हत्या गरेको हो वा होइन अनुसन्धान तथा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने डिएसपी गिरीले बताएकी छन् ।

उता मृतकका दाजु सञ्जय सहनीले कसैले कुटपिट गरी रोहितको हत्या गरेको दाबी गरेका छन्।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ९ : ४५ बजे

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल

वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अवसरमा हनुमानढोका