रौतहटमा युवकको शव भेटियो, हत्याको आशंका « Khabarhub

रौतहटमा युवकको शव भेटियो, हत्याको आशंका


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

रौतहट। रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा शनिबार एक जना युवकको शव फेला परेको छ ।

गौरनगरपालिका–४ टिकुलिया बकैया खोलाको बाँध नजिकै स्थानिय शुभनारायण सहनीको छोरा २० वर्षीय रोहित सहनीको शव भेटिएको हो ।

घरबाट शौच गर्न निस्किएका उनको शव घर नजिकैको केराबारीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन् ।

गिरीका अनुसार मृतक सहनीको शरीरमा कुनै प्रकारको दाग तथा कुटपिटको चिन्ह देखिएको छैन । मृतकको साथबाट लागुऔषध गाँजा भरिएको चिलम जस्तो बस्तु बरामद भएको प्रहरीले जनाएको छ।

मृतक शहनिको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको छ । सहनीको कसैले हत्या गरेको हो वा होइन अनुसन्धान तथा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने डिएसपी गिरीले बताएकी छन् ।

उता मृतकका दाजु सञ्जय सहनीले कसैले कुटपिट गरी रोहितको हत्या गरेको दाबी गरेका छन्।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ९ : ४५ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ