कोपा अमेरिका फाइनल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो « Khabarhub

कोपा अमेरिका फाइनल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा अमेरिको फाइनल भिडन्तको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। उपाधिका लागि अर्जेन्टिना र कोलम्बिया भिड्दै छन्।

अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय एक घण्टा पाँच मिनेट धकेलिएको थियो।
ढिला गरी सुरु भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको हो।

अर्जेन्टिनाले अहिलेसम्म कोपा अमेरिकाको उपाधि १५ पटक उचालिसकेको छ। अर्जेन्टिना साविक विजेता हो भने कोलम्बिया २८ खेलमा लगातार अपराजित छ। पहिलो पटक फाइनल खेलेको कोलम्बिया उपाधि हात पार्ने लक्ष्यका साथ मैदानमा छ।

कोलम्बियाले अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १-० ले पराजित भएको थियो। त्यसयताका २८ खेल सबै जितेको छ।

अपराजित कोलम्बियासँग कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँगै भेट हुनुलाई एउटा रोचक संयोगका रुपमा व्याख्या गरिएको छ।

अर्जेन्टिनाका फरवार्ड डि मारिया सुखद् नतिजासहित फुटबलबाट सन्यासको तयारीमा छन्। कप्तान मेसी उपाधि उचाल्दै सहकर्मी मारियाको बिदाइ गर्ने रणनीतिका साथ मैदानमा छन्।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ८ : २३ बजे

आँबुखैरेनीद्वारा सात लाखको छात्रवृत्ति वितर

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२-८३ को नीति तथा

होर्मुजको सुरक्षामा सहयोग भए–नभए पनि हामी सम्झिरहनेछौँ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू मार्गको सुरक्षाका लागि सहयोगी

इनिशा बिकलाई न्याय माग्दै दलित जेन-जी अलाइन्सको खबरदारी (तस्बिरहरू)

काठमाडौं– इनिशा बिकको सामूहिक बलात्कारपछि हत्याको विरुद्धमा काठमाडौँको माइतीघर मण्डलामा

६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको फरार प्रतिवादी पक्राउ

काठमाडौं– ६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको

दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित

एजेन्सी– दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि