कोपा अमेरिका फाइनल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो « Khabarhub

कोपा अमेरिका फाइनल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा अमेरिको फाइनल भिडन्तको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। उपाधिका लागि अर्जेन्टिना र कोलम्बिया भिड्दै छन्।

अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय एक घण्टा पाँच मिनेट धकेलिएको थियो।
ढिला गरी सुरु भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको हो।

अर्जेन्टिनाले अहिलेसम्म कोपा अमेरिकाको उपाधि १५ पटक उचालिसकेको छ। अर्जेन्टिना साविक विजेता हो भने कोलम्बिया २८ खेलमा लगातार अपराजित छ। पहिलो पटक फाइनल खेलेको कोलम्बिया उपाधि हात पार्ने लक्ष्यका साथ मैदानमा छ।

कोलम्बियाले अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १-० ले पराजित भएको थियो। त्यसयताका २८ खेल सबै जितेको छ।

अपराजित कोलम्बियासँग कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँगै भेट हुनुलाई एउटा रोचक संयोगका रुपमा व्याख्या गरिएको छ।

अर्जेन्टिनाका फरवार्ड डि मारिया सुखद् नतिजासहित फुटबलबाट सन्यासको तयारीमा छन्। कप्तान मेसी उपाधि उचाल्दै सहकर्मी मारियाको बिदाइ गर्ने रणनीतिका साथ मैदानमा छन्।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ८ : २३ बजे

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले