शीतल निवास पुग्यो २१ मन्त्रीको सूची, कुन दलबाट को ? « Khabarhub

शीतल निवास पुग्यो २१ मन्त्रीको सूची, कुन दलबाट को ?


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्न लागेका मन्त्रीहरूको सूची करिब टुंगो लागेको छ ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शपथ लिने २० जना मन्त्रीहरूको नाम राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेको हो ।

नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरूको सूची शीतल निवास पठाएका हुन् ।

गत असार १७ गते बनेको कांग्रेस-एमाले नेतृत्वको नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा मिलेको छ । जसअनुसार कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ जना मन्त्रीको नाम पठाएका छन्। नवनियुक्त प्रधानमन्त्री ओली र मन्त्रीहरूले अहिले शपथ लिँदैछन् ।

कांग्रेसबाट को को ?

प्रकाशमान सिंह- सहरी विकास
रमेश लेखक- गृह
आरजु राणा- परराष्ट्र
तेजुलाल चौधरी- युवा तथा खेलकुद
अजयकुमार चौरसिया- कानुन, न्याय तथा संसदीय मामिला
दीपक खड्का- ऊर्जा
ऐनबहादुर शाही- वन तथा वातावरण
प्रदीप पौडेल- स्वास्थ्य तथा जनसंख्या
बद्रीप्रसाद पाण्डे- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
रामनाथ अधिकारी- कृषि तथा पशुपन्छी

एमालेबाट को को ?

विष्णु पौडेल- अर्थ
पृथ्वीसुब्बा गुरुङ- सञ्चार तथा सूचना प्रविधि
राजकुमार गुप्ता- संघीय मामिला तथा सामान्य प्रशासन
विद्या भट्टराई- शिक्षा, विज्ञान तथा प्रविधि
देवेन्द्र दाहाल- भौतिक पूर्वाधार तथा यातायात
बलराम अधिकारी- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
दामोदार भण्डारी- उद्योग, वाणिज्य तथा आपूर्ति
मानवीर राई- रक्षा

जसपा

प्रदीप यादव- खानेपानी
नवलकिशोर साह सुडी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

लोसपा

शरतसिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ११ : ३३ बजे

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन

रोहितले शतक हान्दा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक