चीन भ्रमण कूटनीतिक रुपमा महत्त्वपूर्ण : शेख हसिना « Khabarhub

चीन भ्रमण कूटनीतिक रुपमा महत्त्वपूर्ण : शेख हसिना


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

ढाकाबंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो हालैको चीन भ्रमणलाई ‘बङ्लादेशको कूटनीतिक गतिविधिको महत्त्वपूर्ण हिस्सा’ भएको बताएकी छन् ।

आइतबार आफ्नो सरकारी निवासमा गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् ।

चिनियाँ प्रधानमन्त्री ली किआङको निमन्त्रणामा हसिनाले जुलाई ८ देखि १० जुलाईसम्म चीनको राजकीय भ्रमण गरेकी थिइन् ।  

उनको भ्रमणको क्रममा चीन र बंगलादेशले आफ्नो सम्बन्धलाई व्यापक रणनीतिक सहकारी साझेदारीमा उठाउन सहमति जनाएका थिए । नीति आदानप्रदान, अर्थव्यवस्था, व्यापार र लगानी, डिजिटल अर्थव्यवस्था, निरीक्षण , स्वास्थ्य सेवा, शिक्षा र मिडियासम्बन्धी थुप्रै द्विपक्षीय सहयोगका दस्तावेजमा हस्ताक्षर भएको छ ।

एशियाली देशका रूपमा मात्र नभई बंगलादेश र चीनको आर्थिक एवम् परम्परागत विषयमा पनि लामो समयदेखि सुमधुर सम्बन्ध भएको हसिनाले उल्लेख गरिन् ।   

अनुसन्धान, शिक्षा, सूचना र सञ्चार , प्रविधि, संस्कृति आदिका क्षेत्रमा सहयोग हुने आशा व्यक्त गरे । राष्ट्रपिता बङ्बन्धु शेख मुजीबुर रहमान र आधुनिक स्मार्ट बंगलादेशले सपना देखेको सोनार बंगालाको निर्माणमा बंगालादेश र चीनको द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने पनि उनले बताए।   

यसै क्रममा आफ्नो  भ्रमण बंगलादेशको कूटनीतिक गतिविधिको महत्त्वपूर्ण भागका रूपमा चिह्नित हुने दाबी उनले गरे ।  

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  २ : ३९ बजे

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका

झापामा दुई छुट्टाछुट्टै दुर्घटना, दुई महिलाको मृत्यु

झापा – झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

गुल्मी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने