टिकट काउन्टर नहटाउन महानगरलाई यातायात मजदुर संगठनको आग्रह  | Khabarhub Khabarhub

टिकट काउन्टर नहटाउन महानगरलाई यातायात मजदुर संगठनको आग्रह 


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काठमाडौं चक्रपथ आसपासका टिकट काउन्टर तत्काल नहटाउन काठमाडौं महानगरलाई यातायात मजदुर संगठनहरुले आग्रह गरेका छन् । 

साउन १ गतेदेखि बसपार्क बाहेकका टिकट काउन्टर हटाइने भन्दै यातायात व्यवसायीलाई आतङ्कित बनाइएकोले सो कार्य नगर्न नेपाल यातायात मजदुर संघ, अखिल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संघले महानगरलाई साे आग्रह गरेका हुन् । 

एकांकी र निरङ्कुश शैलीले समस्याको समाधान नहुने भन्दै सरोकारवालाहरुसंगको छलफल र सहकार्यमा मात्रै अघि बढ्न महानगरलाई मजदुर नेताहरूको आग्रह छ । 

सोमबार तीनवटै संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि बसपार्क बाहिरका टिकट काउन्टर हटाइने निर्णयलाई रोक्दै महानगरको नेतृत्वमा बनेको कार्यदलको तत्काल बैठक राखेर समस्याको हल खोज्न महानगरलाई अपिल गरिएको छ । 

    

 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ३ : ०१ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस