आर्थिक

नयाँ अर्थमन्त्री आएकै दिन घट्यो नेप्से

By खबरहब

July 15, 2024

काठमाडौं– साताको दोस्रो कारोबारको दिन शेयर बजार भारी अंकले घटेको छ । सरकारको फेरबदलसंगै नयाँ अर्थमन्त्रीको आगमनसंगै शेयर बजारमा उछाल आउने आङ्कलन गरिए पनि शेयर बजारले लय लिन सकेन ।

आज नेप्से परिसूचक १७ दशमलव १८ अंकले घटेर २२४० को विन्दुमा पुगेको हो ।  आज ५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको शेयर भाउ घटेको छ ।

आज दिनभरिमा ३२२ कम्पनीको २ करोड ५० लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

निफ्राको २१ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १९ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।