पत्रकारिता छाडेर राजनीतिमा होमिएका लेखकलाई गृहको कमान्ड | Khabarhub Khabarhub

पत्रकारिता छाडेर राजनीतिमा होमिएका लेखकलाई गृहको कमान्ड


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


14.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेबीच असार १७ गते मध्यराति सत्ता सहकार्यका लागि भएको सात बुँदे सहमतिका सूत्रधारमध्ये एक थिए रमेश लेखक ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमतिको वातावरण बनाउन सक्रिय उनै लेखक गृहमन्त्री भएका छन् ।

कांग्रेस सचेतकसमेत रहेका लेखकलाई सभापति देउवाले नवगठित मन्त्रिपरिषद्मा महत्वपूर्ण मन्त्रालय जिम्मा लगाएका हुन् । यससँगै लेखक कांग्रेसबाट सुदूरपश्चिममा देउवापछि गृह मन्त्रालय सम्हाल्ने पहिलो व्यक्ति भएका छन् ।

लेखक २०७९ को निर्वाचनमा कञ्चनपुर–३ बाट विजयी भएका हुन् । उनी त्यही क्षेत्रबाट २०५६ देखि संसदीय यात्रामा छन् । नवनियुक्त गृहमन्त्री लेखक २०६३ मा प्रतिनिधिसभा पुनस्र्थानापछि गठित अन्तरिम सरकारमा श्रमराज्य मन्त्री थिए । उनले पछि त्यही मन्त्रालय सम्हाले ।

दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुर–४ (तत्कालीन निर्वाचन क्षेत्र) बाट निर्वाचित लेखक २०७३ मा भौतिक पूर्वाधार तथा योजनामन्त्री बने । २०७४ को चुनावमा कञ्चनपुर–३ मा झिनो मतले पराजित लेखक २०७९ मा त्यहीँबाट भारी मतान्तरले निर्वाचित भएका हुन् । पहिलो संविधानसभामा समानुपातिकतर्फ सभासद बनेका लेखकले संविधान निर्माण र लेखनका क्रममा महत्वपूर्ण समितिमा रहेर काम गरे ।

बैतडीमा २०२० सालमा जन्मेका नेता लेखकको प्रारम्भिक शिक्षा जिल्लाकै विभिन्न विद्यालयमा भएको थियो । कक्षा ५ देखि १० सम्म कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित बैजनाथ माध्यामिक विद्यालयमा पढे ।

महेन्द्रनगरकै सिद्धनाथ विज्ञान क्याम्पसबाट बायोलोजीमा आइएस्सी पूरा गरेका लेखकको राजनीति विज्ञान क्याम्पसबाटै सुरु भएको हो । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट लेखकले २०३७ मा राजनीति थाले ।

२०३७ मा नेविसंघ जिल्ला उपसभापति बनेका लेखक २०४८ र २०५६ गरी दुई पटक कांग्रेस कञ्चनपुर सचिव भएका थिए । त्यसपछि उनी पार्टीको केन्द्रीय राजनीतिमा जोडिए ।

२०५९ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन कांग्रेस (प्रजातान्त्रिक)को केन्द्रीय सदस्य बनेका लेखक पार्टी एकतापछि निरन्तर केन्द्रीय भूमिकामै छन् ।

२०६७ मा भएको पार्टीको १२ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित लेखक २०७२ र २०७८ का १३ औं र १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य बने ।

विद्यार्थी जीवनमा नेविसंघबाट सिद्धनाथ क्याम्पसको स्ववियू सभापतिमा प्रतिस्पर्धा गरेका लेखकले उच्च शिक्षा भारतको लखनऊ विश्वविद्यालयबाट पूरा गरे । लखनऊबाट बीए, एमए र एलएलबी सकेर फर्किएका उनले सुरुमा महेन्द्रनगरमा ल–फर्म चलाए ।

महेन्द्रनगरमा कानुन व्यवसायसँगै शिक्षण पेशामा जोडिएका गृहमन्त्री लेखक स्थानीय महाकाली सप्ताहिकको कार्यकारी सम्पादक पनि भए । उनी नेपाल पत्रकार

महासंघ कञ्चनपुरको संस्थापन सदस्यसमेत हुन् ।

लेखक २०५० सालमा विराटनगरमा सम्पन्न पत्रकार महासंघको महाधिवेशनमा उपसभापतिमा उठेका थिए । त्यसबेला उनी पत्रकार ऋषिराज लुम्सालीसँग पराजित भए ।

पत्रकार चित्राङ्ग थापाका अनुसार तत्कालीन समयमा विकास क्षेत्रको उपसभापति पदका लागि देशभरका केन्द्रीय पार्षदहरूले मत दिने गर्थे ।

गृहमन्त्री लेखक विराटनगरपछि झापाको कलबलगुडीमा सम्पन्न पत्रकार महासंघको महाधिवेशनमा पनि कञ्चनपुरबाट केन्द्रीय पार्षद्का रुपमा सहभागी भए ।

उक्त महाधिवेशनमा पनि उनी सुदूरपश्चिम विकास क्षेत्रबाट उपसभापति पदमा आकांक्षी थिए । तर, पछि पत्रकार चित्राङ्ग थापा निर्विरोध उपसभापति बने ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ६ : २३ बजे

समाजमा पछाडि परेका समुदायको उत्थानमा कलम चलाउनु पर्छ : सभामुख विष्ट

मोरङ– कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले सञ्चारकर्मीले समाजमा पछाडि परेका

शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय

बमको घाउ बोकेर काठमाडौं आएका गौरीशंकरको गुहार- ‘आलमका मान्छेबाट बचाइदिनुस्’ 

काठमाडौं– १८ वर्ष अगाडी रौतहटको राजपुर फरहदवामा बम विस्फोटमा घाइते

कांग्रेस बैठकमा सिटौलाले भने- न्यायपालिकाबारे समीक्षा गर्ने बेला भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पछिल्लो समय आइरहेका आदेश

एसईई परीक्षामा ग्रेडेड विद्यार्थीलाई गाउँपालिकाको सम्मान

काभ्रे– बेथानचोक गाउँपालिकाले २०८१ सालको एसईई परीक्षामा ग्रेडेड विद्यार्थीहरूलाई सम्मान