टेलिकमले ल्यायो मनसुन अफर, के-के छन् प्याकहरू « Khabarhub

टेलिकमले ल्यायो मनसुन अफर, के-के छन् प्याकहरू


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले  श्रावण १ गते देखि लागु हुने गरी मनसुन अफर २०८१ अन्तर्गत विभिन्न प्याक दिने भएको छ । जसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको  १९९ रुपैयाँ देखि कम्बो प्याकेज पाउन सकिने छ  ।

यस अन्तर्गत १९९ रुपैयाँमा २०० मिनेट अल–नेट भ्वाइस र २ जीबी डाटा सहितको कम्बो १९९ प्याक सञ्चालनमा आउनेछ । सोही अन्तर्गत कम्पनीले २९९ रुपैयाँ मा ३०० मिनेट अल–नेट भ्वाइस, ४ जीबी डाटा र २० अन–नेट एसएमएस सहितको कम्बो २९९ प्याक र  ४९९ रुपैयाँ मा ५०० मिनेट अल–नेट भ्वाइस, ८ जीबी डाटा र १०० अल–नेट एसएमएस सहितको कम्बो ४९९ प्याक उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कम्पनीका अनुसार प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताका लागि सजिलो अन लिमिटेड प्याक अन्तर्गत  ६९९ रुपैयाँमा अन लिमिटेड अल–नेट भ्वाइस, १५ जीबी डाटा र २०० अल–नेट एसएमएस सहितको सजिलो अन लिमिटेड ६९९ प्याक सञ्चालन हुनेछ । साथै सजिलो अन लिमिटेड ७९९, ९९९ र १४९९ प्याकमा ग्राहलाई सुविधा थप गरी उक्त प्याकहरूलाई अझै आकर्षक बनाइने भएको छ, जसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि ३० दिनको समयावधि रहनेछ  ।

डाटा प्याक अन्तर्गत १ दिन देखि २८ दिनसम्म समयावधि रहेका  २९ रुपैयाँ देखि ९९९ सम्मका १ जीबी देखि १०० जीबी सम्म रिसोर्स सहितका बिभिन्न आकर्षक डाटा प्याकहरू उपलब्ध हुनेछन् । पोस्टपेडमा भने ३७३ रुपैयाँ वा सो भन्दा बढी मूल्यको प्याकेज खरिद गर्दा मासिक रुपमा तिनुपर्ने रेन्टल चार्ज पनि प्याकेजमा नै समावेश हुने प्रवक्ता किशोर कुमार भट्ट बताउँछन् ।

कम्पनीले अन–नेट अर्थात् कम्पनीकै नेटवर्कमा कल गर्न सकिने नयाँ प्याकेजहरू, जुनसुकै नेटवर्कमा कल गर्न सकिने गरी अल–नेट प्याकेजहरुका साथै  ४९ रुपैयाँमा १ दिनका लागि १ एमबीपीएस अन लिमिटेड डाटा प्याकेज र ५९ रुपैयाँमा अन लिमिटेड अन–नेट भ्वाइस एवं ५ एमबीपीएस सम्मको अन लिमिटेड डाटा सहितको अन लिमिटेड नाइट कम्बो प्याक तथा १९९ रुपैयाँमा भ्वाइस तथा डाटा सुविधा सहितको अन लिमिटेड विक्ली कम्बो प्याक पनि उपलब्ध गराउने भएको छ ।

ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरू सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ६ : ४४ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा