सुनसरीमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न « Khabarhub

सुनसरीमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

धरान– सुनसरीको भेडेटारमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको आयोजनामा सम्पन्न बैठकमा सुनसरी, धनकुटा, भोजपुर र उदयपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहितको सहभागिता रहेको थियो । 

सुनसरीका प्रजिअ रामचन्द्र तिवारीले बैठकमा सप्तकोशी नदीको जलमार्ग र अन्य क्षेत्रमा समेत लागूपदार्थ ओसारपसार बढेको भन्दै नियन्त्रणका विषयमा गम्भीर छलफल भएको जानकारी दिए। 

सनुसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले सुनसरीमा लागुऔषधको कारोबार बढेको र त्यसको ट्रान्जिट प्वाइन्छ कोशी नदी आसपास रहेको देखिएकाले कोशी नदी जलमार्ग निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको जानकारी दिए ।

बैठकमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले कोशी प्रदेशमा शान्ति सुरक्षासहित लागूपदार्थ ओसारपसार तथा कारोबार पूर्णरूपमा नियन्त्रण गर्न नेपाल प्रहरी सधैँ तयार रहने बताए। 

बैठकले लागूऔषधसहित आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सूचना आदानप्रदान तथा समन्वय गर्न सबैले सहयोग गर्ने निर्णय गरेको छ ।

 बैठकमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख खापुङ, सशस्त्र प्रहरी बल १ नम्बर बराह बाहिनीका प्रमुख डिआइजी शम्भु सुवेदी,  सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य र चारै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुख तथा राष्ट्रिय अनुसन्धानका प्रमुखहरूको सहभागिता रहेको थियो । 

समन्वय बैठकले अन्तरजिल्ला सुरक्षालाई प्रभावकारी बनाइ समन्वयात्मक ढंगले अगाडि बढ्ने र गैरकानुनी क्रियाकलापलाई चारवटै जिल्लाको समन्वयमा प्रभावकारी रूपमा नियन्त्रण गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ७ : ५० बजे

अन्नपूर्ण गाउँपालिकाको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपीभी खोप

बाँके– बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी– पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र