जुम्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा « Khabarhub

जुम्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति र जनस्वास्थ्य सेवा कार्यालयको आयोजनामा आज एक कार्यक्रमका बीच खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

जनस्वास्थ्य सेवा कार्यालय प्रमुख कृष्ण सापकोटाले चालु आर्थिक वर्षमा यहाँका आठवटै स्थानीय तहका बालबालिकालाई पूर्णरूपमा खोप लगाइएकाले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताए ।

जिल्लामा रहेका १६ देखि ५९ महिनाभित्रका दुई हजार नौ सय २७ बालबालिकालाई सबै खोप लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले निरोगी हुनका लागि खोप अपरिहार्य रहेको बताए । कार्यक्रममा जिल्लाका आठवटै स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १० : ४१ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ