सिन्धुलीको अक्करे भीरमा पहिरो, खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध « Khabarhub

सिन्धुलीको अक्करे भीरमा पहिरो, खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– पहिरोका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मी सडक खण्ड अवरुद्ध भएको छ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ अक्करे भीरमा वर्षासँगै पहिरो, ढुङ्गा र माटोसहितको लेदो खसेपछि सडक अवरुद्ध भएको हो ।

आज बिहान पौने ६ बजेदेखि नै दुवैतर्फको सडक अवरुद्ध भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।

अवरुद्ध सडक खुलाउन इलाका प्रहरी कार्यालय खुर्कोट र प्रहरी चौकी ग्वाल्टारका प्रहरी उक्त स्थानमा पुगिसकेको काफ्लेले जानकारी दिए।

सडक  अवरुद्ध हुँदा पहाडी जिल्लाहरू खोटाङ, ओखलढुंगा, सोलुखुम्बुबाट राजधानी काठमाडौं हिँडेका सवारी साधन र काठमाडौंबाट ती जिल्लाका लागि आएका सवारी साधन बीच बाटोमै अलपत्र परेका छन्।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  १० : ०८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन