समाचार

सिन्धुलीको अक्करे भीरमा पहिरो, खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध

By खबरहब

August 15, 2024

सिन्धुली– पहिरोका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मी सडक खण्ड अवरुद्ध भएको छ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ अक्करे भीरमा वर्षासँगै पहिरो, ढुङ्गा र माटोसहितको लेदो खसेपछि सडक अवरुद्ध भएको हो ।

आज बिहान पौने ६ बजेदेखि नै दुवैतर्फको सडक अवरुद्ध भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।

अवरुद्ध सडक खुलाउन इलाका प्रहरी कार्यालय खुर्कोट र प्रहरी चौकी ग्वाल्टारका प्रहरी उक्त स्थानमा पुगिसकेको काफ्लेले जानकारी दिए।

सडक  अवरुद्ध हुँदा पहाडी जिल्लाहरू खोटाङ, ओखलढुंगा, सोलुखुम्बुबाट राजधानी काठमाडौं हिँडेका सवारी साधन र काठमाडौंबाट ती जिल्लाका लागि आएका सवारी साधन बीच बाटोमै अलपत्र परेका छन्।