टेलिकमको नाफा १६ प्रतिशतले घट्यो, नेटवर्थ ४ प्रतिशतले वृद्धि « Khabarhub

 टेलिकमको नाफा १६ प्रतिशतले घट्यो, नेटवर्थ ४ प्रतिशतले वृद्धि


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल दुरसञ्चार लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८०–०८१ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा खुद नाफा १६.४४ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७९–०८० मा टेलिकमले ७ अर्ब ९२ करोड १ लाख ५५ हजार नाफा गरेकोमा गत आवमा भने १६ प्रतिशतले घटेर ७ अर्ब ६१ करोड ७ लाख ७६ हजार रुपैयाँ मात्र खुद नाफा गरेको छ ।

टेलिकमको नाफा घटेपनि प्रतिशेयर नेटवर्थ भने बढेको छ । आव ०७९–८० मा टेलिकमको प्रतिशेयर नेटवर्थ ५२१ रुपैयाँ २७ पैसा रहेकोमा चालु आर्थिक वर्ष मा ४.१६ प्रतिशतले बढेर ५२५ रुपैयाँ ४३ पैसा पुगेको छ ।

टेलिकमको आम्दानी घटेकाले खुद नाफामा समेत असर गरेको देखिएको छ । टेलिकमले ०७९–८० मा जम्मा आम्दानी ४४ अर्ब ४२ करोड ३६ लाख १८ रहेकाे थियो भने गत आवमा ६.३२ प्रतिशतले घटेर ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।

आम्दानी र खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ रहेकोमा गत आवमा भने ७.२४ रुपैयाँले घटेर ३६ रुपैयाँ ७७ पैसा मात्र रहेको छ ।

जगेडा कोषमा ७६ अर्ब ५७ करोड ७० लाख ७३ हजार रुपैयाँ रहेको टेलिकमको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ११ : ४६ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै