किन राख्नु हुँदैन राति जुठा भाँडा ? यस्तो छ कारण « Khabarhub

किन राख्नु हुँदैन राति जुठा भाँडा ? यस्तो छ कारण


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरमा बुढापाकाले रातिको समयमा जुठो भाँडा राख्नु हुँदैन भनेको त हामी सबैले सुन्दै आएको हौँला । किन राती सुत्दा कहिल्यै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन त ? यसमा ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ कुराहरू हुन्छन् ।

धार्मिक मान्यता अनुसार सरसफाइ हुने घरमा माता लक्ष्मीको वास हुन्छ । त्यसैले सनातन धर्ममा घरको सरसफाइमा विशेष ध्यान दिइएको छ । शास्त्र अनुसार राति खाना पकाउने भाँडो छोड्दा धनकी देवी लक्ष्मी क्रोधित भई व्यक्तिलाई आर्थिक समस्याको सामना गर्नु पर्ने जनविश्वास रहेको छ । त्यसैले रातभरि खाली भाँडाकुँडा छाड्नु हुँदैन ।

भनिन्छ कि राती भान्सा फोहोर छोड्दा मानिसको ग्रहहरू क्रोधित हुन सक्छन् । यसले मानव जीवनमा पनि नकारात्मक असर पार्न सक्छ ।

रातिमा फोहोर चुलो छोड्नु पनि अशुभ मानिन्छ । राति फोहोर चुलो छाड्दा माता अन्नपूर्णादेवीलाई मन नपर्ने जनविश्वास छ । यदि कुनै कारणले राति भाँडाकुँडा सफा गर्न नसकेमा भाँडाकुँडालाई पानीले धोएर छोडिदिनुहोस् । भाँडाकुँडामा कुनै गाँठो हुनुहुँदैन ।

राति सुत्नु अघि जहिले पनि घरको भान्सा कोठा र बाथरुममा एक बाल्टिन पानी भरेर राख्दा ऋणबाट मुक्ति मिल्दछ भने बाथरुममा पानी भरेर राख्दा जीवनमा उन्नतिको बाटोहरू खुल्दछन् ।

घरको मुख्य ढोका अगाडी फोहोर कहिले राख्नु हुँदैन, भनिन्छ यसो गर्नाले छिमेकी शत्रु बन्न पुग्छन् । सूर्यास्तको समयमा कसैलाई पनि दूध,दही या प्याज दिनाले घरको सुख शान्ति र सम्पत्ति नष्ट हुन जान्छ ।

सुत्ने ओछ्यानमा बसेर खाना कहिले खानुहुँदैन । यसले घरमा अशान्ति निम्त्याउँछ, साथ साथै ऋण लाग्दछ । घरमा बनाइएको पूजा स्थल अथवा मन्दिरको ईशान कोणमा सधैँ कलशमा पानी भरेर राख्दा घरमा बस्ने मान्छेको लागि शुभ हुन्छ ।

एजेन्सिको सहयोगमा

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  १ : ५१ बजे

एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधनदेखि निर्वाचन तयारीसम्मका एजेन्डा 

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको

थारु बस्तीमा बढ्यो माघीको चहलपहल

कञ्चनपुर– थारु समुदायको नयाँ वर्ष तथा सबैभन्दा ठूलो सांस्कृतिक पर्व

एमाले केन्द्रीय कमिटी बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

वालिङ– स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै दश करोड बढीको सुन्तला

महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पतीहरू

महेन्द्रनगर– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाइँका ५६ वर्षीय भजौरा चौधरी महाकाली