मुख्यमन्त्री सिंह र स्विस नियोगका अधिकारीबीच भेट « Khabarhub

मुख्यमन्त्री सिंह र स्विस नियोगका अधिकारीबीच भेट


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– विकास तथा सहयोगका लागि स्विस नियोग (एसडिसी) नेपालले मधेश प्रदेश सरकारका विभिन्न योजना कार्यान्वयनमा सहयोग तथा साझेदारी गर्ने विषयमा सहमति जनाएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहसँगको भेटमा नियोगका अधिकारीहरूले प्रदेश सरकारका अल्पकालीन तथा दीर्घकालीन महत्त्वका योजना कार्यान्वयनमा साझेदारी गर्न सकिने र प्रदेशमा सञ्चालन भइरहेका नियोगका कार्यक्रमलाई थप विस्तारित एवम् प्रभावकारी बनाइने बताएका छन् ।

नियोगका डेपुटी चिफ अफ मिसन म्याथियास मेयरलगायतका अधिकारीसँगको भेटमा मुख्यमन्त्री सिँहले मधेशमा सिँचाइलगायत बहुआयामिक परियोजना विकास तथा विस्तारका लागि नदी जोड्ने तथा नहर निर्माण योजना कार्यान्वयन, मधेश विश्वविद्यालयमा सङ्घीयता विषयमा विशद् अध्य्यनअध्यापन गराउन, वैदेशिक रोजगारबाट फर्केकाहरूलाई दक्षता अभिवृद्धि तथा उद्यम सञ्चालन, प्रदेशमा पूर्ण साक्षरता, सूचना प्रविधिको विकास तथा व्यावसायीकीकरण आदिका क्षेत्रमा सहयोग गर्न आग्रह गरे ।

उनले आँप र केरालगायत खेतीको प्रवर्द्धन तथा सहउत्पादनका लागि प्रविधि हस्तान्तरण तथा उपयोगका लागि समेत नियोगका अधिकारीहरूको ध्यानाकृष्ट गराए ।

नियोगका डेपुटी चिफ अफ मिसन मेयरले एसडिसीमार्फत स्विट्जरल्यान्डले नेपाललाई संघीय लोकतान्त्रिक राज्यका रूपमा विकसित गर्न, समतामूलक सामाजिक तथा आर्थिक विकास प्रवर्द्धन गर्न र नयाँ संघीय संरचनामा महिला तथा पुरुषलाई उनीहरूको अधिकार र जिम्मेवारी प्रयोग गर्न सक्षम बनाउन सहयोग गरिरहेको बताए ।

उनले संघीय राज्य विकास, रोजगारी र आय प्रवद्र्धनसँगै नेपाली आप्रवासी कामदारको सुरक्षामा योगदान पुर्याउने, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, प्रकोप जोखिम न्यूनीकरण आदिका क्षेत्रमा नियोग प्रदेश सरकारसँग काम गर्न उत्सुक रहेको उल्लेख गरे । मेयरले नियोगका कार्यक्रमलाई तुलनात्मक रूपमा थप सुदृढ र प्रभावकारी बनाइने उल्लेख गरे ।

उनले प्रदेश सरकारले पूर्वाधार विकसित गरे सूचना प्रविधि क्षेत्र विकासका लागि बहुराष्ट्रिय कम्पनीसँग जोड्न एसडिसीले सहयोग गर्ने बताए ।मुख्यमन्त्रीसँगको भेटमा नियोगका प्रशासन तथा अर्थ विज्ञ मार्क वर्ली पनि सहभागी रहेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  २ : १८ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै