ट्रकले स्कुटरलाई ठक्कर दिएर घिसार्‍यो, गठ्ठाघर तनावग्रस्त (तस्बिरहरू) « Khabarhub

ट्रकले स्कुटरलाई ठक्कर दिएर घिसार्‍यो, गठ्ठाघर तनावग्रस्त (तस्बिरहरू)


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको गठ्ठाघरमा एउटा ट्रकले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा स्कुटरमा सवार यात्रुको ज्यान गएको छ ।

ना. ६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको भक्तपुर प्रहरीले जनाएको छ ।

दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । ट्रकले स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म सोहोरेर लाँदा स्कुटरमा सवार महिलाको शरीर क्षतविक्षत भएको छ ।

ज्यान गुमाएकी महिलाको पहिचान खुलिसकेको छैन । घटनास्थलमा ज्यान गुमाएकी महिलाको झोला भेटिएको छ । उनी कलेजकी विद्यार्थी रहेको बताइएको छ ।

दुर्घटनापछि जम्मा भएको भिडले ट्रकमा तोडफोड गरेका छन् । अहिले त्यहाँको अवस्था तनावपूर्ण छ भने भक्तपुर-काठमाडौं सडक ठप्प भएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ३ : २६ बजे

परिषद्का कर्मचारीलाई कामबाट नहटाउन आदेश

 काठमाडौं– श्रम अदालतले समाज कल्याण परिषद्बाट हटाइएका १४ अस्थायी कर्मचारीलाई कामबाट

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की

काठमाडौंमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्बिरहरू)

काठमाडौं– आजबाट काठमाडौंमा सेतो मछिन्द्रनाथ जात्रा सुरु भएको छ ।

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा