श्रीलंकाको राष्ट्रपति निर्वाचन : मैदानमा ३९ उम्मेदवार, महिला शून्य « Khabarhub

श्रीलंकाको राष्ट्रपति निर्वाचन : मैदानमा ३९ उम्मेदवार, महिला शून्य


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेप्टेम्बर २१ मा श्रीलंकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा कुल ३९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।

जसमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि रहेका छन् । विक्रमासिङ्घेले गत महिना जुलाई २७ मा गालेमा भएको र्‍यालीमा चुनाव लड्ने घोषणा गरेका थिए । उम्मेदवारी स्वीकृत गरेपछि विक्रमासिंघेले देशको अर्थतन्त्रलाई स्थिर बनाउनु पर्ने बताएका छन् ।

विक्रमासिङ्घे बाहेक उम्मेदवारी दर्ता गर्नेमा दुई बौद्ध भिक्षु र तीन तमिल अल्पसंख्यक पनि छन्। तर, राष्ट्रपतिको निर्वाचनमा भने महिला उम्मेदवार नरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

श्रीलंकामा राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन थियो । यसका लागि बिहान ९ बजेदेखि ११ बजेसम्मको समय दिइएको थियो । श्रीलंकाको इतिहासमा पहिलो पटक यति ठूलो संख्यामा उम्मेदवार राष्ट्रपति चुनावमा भाग लिइरहेको बताइएको छ । यसअघि सन् २०१९ मा भएको राष्ट्रपति निर्वाचनमा ३५ जना उम्मेदवारले भाग लिएका थिए ।

श्रीलंकाको कुल जनसंख्या २.२ करोड छ । जसमध्ये १.७ करोड जनताले सेप्टेम्बरमा हुने राष्ट्रपति चुनावमा मतदान गर्नेछन् ।

श्रीलंकामा राष्ट्रपति पदका लागि चार प्रमुख उम्मेदवार छन् । त्यसमध्ये वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघेलाई सबैभन्दा ठूलो दावेदार मानिएको छ । विक्रमासिङ्घेका लागि सबैभन्दा ठूलो चुनौती ५७ वर्षीय सजिथ प्रेमदासाको हो । प्रेमदासा श्रीलंकाको संसदमा विपक्षी दलका नेता हुन्।

यी बाहेक वामपन्थी नेता अनुरा कुमारा दिसानायका पनि राष्ट्रपतिको दौडमा अगाडि छन् । अनुराको नेशनल पिपुल्स पार्टीको गठबन्धन श्रीलंकाका युवाहरूमाझ निकै लोकप्रिय छ । चौथो नाम गत हप्ता यो त्रिकोणीय प्रतियोगितामा थपिएको थियो ।

श्रीलंकाको राजनीतिमा ठूलो प्रभाव रहेको राजापाक्षे परिवारले नमल राजापाक्षेलाई राष्ट्रपतिको दौडमा उभ्याएको छ । नमल पूर्व राष्ट्रपति तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेका छोरा र पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेका भतिजा हुन् । गत हप्तासम्म राजपाक्षे परिवार रनिल विक्रमासिंघेको समर्थनमा थियो ।

रनिल विक्रमासिंघेले आगामी राष्ट्रपतिको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दिएका छन् । उनले श्रीलंकाको दक्षिणपन्थी पार्टी युनाइटेड नेसनलिस्ट पार्टीबाट राजीनामा दिएका छन् । विक्रमासिङ्घेले स्वतन्त्र उम्मेदवारका रूपमा पूर्ण समर्थन पाउने अपेक्षा गरिएको छ ।

यसअघि सन् २०१९ को नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा गोटाबाया राजापाक्षे विजयी भएका थिए । तर, २०२२ मा ठुलो आन्दोलनले गोटाबायाले राष्ट्रपतिबाट राजीनामा दिन बाध्य पारेको थियो भने उनले देश छोड्नु परेको थियो र संसदले विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाएको थियो । त्यसयता रनिल विक्रमासिंघे देशको राष्ट्रपतिको रुपमा कार्यरत रहेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ८ : ४७ बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा