संसदको अवरोध खुलाउन सभामुखले बोलाए बैठक | Khabarhub Khabarhub

संसदको अवरोध खुलाउन सभामुखले बोलाए बैठक


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकलाई छलफलका लागि बोलाएका छन्। प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले जारी राखेको अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख घिमिरेले आइतबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन्।

सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक रसचेतकलाई बैठकका लागि बोलाएको उनको निजी सचिवालयले जानकारी दिएको छ।

सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियमापत्तिको निर्णय लिएका थिए। निर्णयमा असहमति जनाउँदै संसद अवरोध जारी छ। केही दिनअगाडि माओवादीले उक्त शब्द नसच्चिएसम्म बैठकमा अवरोध कायम राख्ने निर्णय नै गरिसकेको छ।

२५ गते नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दलका नियमापत्तिको निर्णय सुनाउन अन्तिम अल्टिमेटम दिएपछि सभामुखले निर्णय सुनाएका थिए।

सभामुखले ‘हिंसा’ शब्दबारे दललाई साझा धारणा बनाउन, सुझाव दिन र निर्क्यौल गर्न कार्यव्यवस्था परामर्श समितिको भदौ १८ गतेको बैठकमा वृहत् छलफल गरेका थिए। त्यहाँ पनि सत्ता पक्ष र विपक्षको आ–आफ्ना दलिल राखेका थिए।

प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ९ : ३६ बजे

बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या २४६ पुग्यो

काठमाडौं– बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या २४६ पुगेको हो ।

प्लास्टिकजन्य फूल तथा माला प्रयोगमा प्रतिबन्ध

रामपुर– रामपुर नगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह

लेबनानबाट नौ सयभन्दा बढी अष्ट्रेलियाली नागरिकको उद्धार

एजेन्सी– लेबनानमा इजरायलले आफ्नो आक्रमणलाई तीब्र पारेपछि अष्ट्रेलियाले सोमबारसम्ममा ९००

जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको

नारायणगढ-बुटवल सडक मर्मतलाई प्राथमिकता दिन निर्देशन

नवलपुर– यही असोज १८ गते सडक भासिँदा १२ घण्टाभन्दा लामो