संसदको अवरोध खुलाउन सभामुखले बोलाए बैठक « Khabarhub

संसदको अवरोध खुलाउन सभामुखले बोलाए बैठक


३० भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकलाई छलफलका लागि बोलाएका छन्। प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले जारी राखेको अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख घिमिरेले आइतबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन्।

सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक रसचेतकलाई बैठकका लागि बोलाएको उनको निजी सचिवालयले जानकारी दिएको छ।

सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियमापत्तिको निर्णय लिएका थिए। निर्णयमा असहमति जनाउँदै संसद अवरोध जारी छ। केही दिनअगाडि माओवादीले उक्त शब्द नसच्चिएसम्म बैठकमा अवरोध कायम राख्ने निर्णय नै गरिसकेको छ।

२५ गते नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दलका नियमापत्तिको निर्णय सुनाउन अन्तिम अल्टिमेटम दिएपछि सभामुखले निर्णय सुनाएका थिए।

सभामुखले ‘हिंसा’ शब्दबारे दललाई साझा धारणा बनाउन, सुझाव दिन र निर्क्यौल गर्न कार्यव्यवस्था परामर्श समितिको भदौ १८ गतेको बैठकमा वृहत् छलफल गरेका थिए। त्यहाँ पनि सत्ता पक्ष र विपक्षको आ–आफ्ना दलिल राखेका थिए।

प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ९ : ३६ बजे

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी