वन कार्यालयले एक लाख ३८ हजार बिरुवा बाँड्यो « Khabarhub

वन कार्यालयले एक लाख ३८ हजार बिरुवा बाँड्यो


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा ३१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको छ । गत असार १५ गतेदेखि हालसम्म सो क्षेत्रफलमा वृक्षारोपण गरिएको हो ।

जिल्लाका विभिन्न सङ्घ संस्थाले सो क्षेत्रफलमा गत वर्ष बहुवर्षीय र सिजनल बिरुवा रोपेका हुन । डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार सो क्षेत्रफलमा एक लाख ३८ हजार चार सय ८६ बिरुवा रोपिएको छ । त्यसमध्ये ६६ हजार पाँच सय सिजनल बिरुवा हुन भने ७१ हजार नौ सय ८६ बहुवर्षीय बिरुवा रहेका छन् ।

बहुवर्षीय बिरुवा आर्थिक वर्ष २०७८/७९ देखि उत्पादित बिरुवा हुन् ।

त्यसमा म्याङगोस्टिङ्ग, वीरेन्द्रफूल, कपुर, धुपी, रानीवेल, श्रीखण्ड, अम्बा, कागती, रक्तचन्दन, निम, तेजपत्ता, राजवृक्ष जस्ता बिरुवा वितरण गरिएको उनले जानकारी दिए ।

पौडेलका अनुसार डिभिजन वन कार्यालयअन्तर्गत सिजनल बिरुवा १६ हजार पाँच सय र जिल्ला वन पैदावार आपूर्ति समितिको बजेटबाट ५० हजार बिरुवा वितरण गरिएको हो ।

जिल्लामा रहेका १५ संस्थाले ती बिरुवा लगेर वृक्षारोपण गरेका हुन् । सामुदायिक वन, कवुलियती वन, सार्वजनिक क्षेत्र, नदी उकास क्षेत्र/नदी किनार तथा निजी जग्गामा वृक्षारोपण गरिएको उनले बताए । पौडेलले भने, ‘वृक्षारोपण गरिएको छ, ती बिरुवा कतिको बाँचे भन्ने हेर्न बाँकी छ ।’

अघिल्ला आर्थिक वर्षमा वृक्षारोपण गरेर हेरचाह नगर्दा बिरुवा मर्ने गरेको गुनासो आएसँगै यस वर्ष अनुगमन गरी बिरुवाको हेरचाह नगर्ने सङ्घ संस्थालाई आगामी वर्षमा बिरुवा दिन रोकिने उनले बताए। कार्यालयले यस वर्ष ३० हजार बहुवर्षीय बिरुवा उत्पादन गरेको उनले बताए ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १ : ०३ बजे

महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिने

जलेश्वर– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीमा तीन हजार ९१२ निर्वाचन

आजदेखि गैँडाकोट महोत्सव

नवलपुर– चौथो संस्करणको गैँडाकोट महोत्सव एवं व्यापार मेलाको तयारी पूरा

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छन्

प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को टिजर सार्वजनिक

काठमाडौं – नेपाली नायक प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को

एकताबद्ध भएर निर्वाचनमा जान कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको अपिल

काठमाडौं– नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले नेतृत्व तहलाई विशेष महाधिवेशनमार्फत एकताबद्ध