समाचार

क्यानभासमा पर्यटकीय नगर जिरीको सौन्दर्य (तस्बिरहरू)

By खबरहब

September 15, 2024

काठमाडौं- नयाँबानेश्वरको उमोजा क्याफेमा दोलखास्थित पर्यटकीय नगर जिरीको सौन्दर्यलाई समेटेर ‘क्यानभासमा जिरी’चित्रकला प्रदर्शनी सुरू भएको छ ।

जिरी महोत्सवमा सहभागी हुँदै तीन दिनसम्म जिरी बसेका कलाकारहरूले देखेका, भोगेका कुरालाई काठमाडौंमा कलाकृतिमार्फत देखाइएको हो ।

‘यो प्रदर्शनीमा जम्मा ३६ थान कलाकृति प्रदर्शनीमा राखिएका छन् । जिरीको भेषभूषा, संस्कृति, जनजीवन र संस्कृतिक पक्षलाई यो प्रदर्शनीमा समेटिएको छ ।

प्रदर्शनीमा कलाकारहरू केशवराज खनाल, किशोर रानाभाट, लीलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पालीका चित्रकला राखिएको छ।

कलाकारहरूले एक्रेलिक र जलरङ (वाटर कलर) को प्रयोग गरी यी चित्र बनाएका हुन् ।