साउथ सुपरस्टार थलापति विजयको अन्तिम फिल्म घोषणा « Khabarhub

साउथ सुपरस्टार थलापति विजयको अन्तिम फिल्म घोषणा


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- साउथ सुपरस्टार थलापति विजयको करिअरको अन्तिम फिल्म थालापति ६९ को घोषणा गरिएको छ । शनिबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।

‘थलापति ६९’ शीर्षक राखिएको फिल्मलाई सन् २०२५ को अक्टोबर यानिकी २०८२ सालको असोजमा रिलिज गर्ने घोषणा गरिएको छ ।

तमिल, तेलुगू र हिन्दी भाषामा बन्न लागेको यो फिल्मबाट विजयले तीन दशक लामो करिअरको अन्त्य गरेर राजनीतिमा सक्रिय हुने छन् ।

यस फिल्मका लागि उनले २७५ करोड भारु पारिश्रमिक लिएको भारतीय मिडियामा चर्चा छ ।

‘थलापति ६९’को निर्देशन एच. विनोथले गर्ने छन् । विजयसँग उनको यो पहिलो सहकार्य हुनेछ । फिल्मको अभिनेत्रीमा पूजा हेगडे र भिलेनमा बबी देओलको चर्चा छ ।

यो फिल्म रिलिजपछि विजयले अभिनयबाट संन्यास लिएर पूर्णकालीन राजनीति सुरु गर्दैछन् । उनले ६ महिना अगाडि आफू प्रमुख रहने गरी राजनीतिक दलको घोषणा गरेका थिए ।

तमिझागा वेत्री कझगम (तमिलनाडु विजय पार्टी) नाम राखिएको विजयको पार्टी भारतीय निर्वाचन आयोगमा दर्ता भइसकेको छ । सन् २०२६ को ‘विधान सभा’ मा उनको पार्टीले चुनाव लड्ने तयारी छ ।

विजय तमिलनाडु क्षेत्रमा अभिनेता रजनीकान्तपछिको प्रभावशाली अभिनेता मानिन्छन् । त्यस क्षेत्रमा उनको कुन हदसम्म प्रभाव छ भने सन् २०२१ मा उनको नाममा प्रशंसकले खोलेको पार्टीले तमिलनाडुको स्थानीय निकायको चुनावमा ११५ सिट जितेको थियो ।

अब विजय आफैं राजनीतिमा होमिएकाले उनको पार्टीले २०२६ को ‘विधान सभा’ चुनावमा ठूलो सिट जित्ने अनुमान गरिएको छ ।

उनको फिल्म ‘द ग्रेटेस्ट अफ अल टाइम’ यतिबेला प्रदर्शनरत छ । फिल्मले ९ दिनमा विश्वभर ३५० करोडमाथिको कमाई गरिसकेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  २ : १५ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाहाखाले हाल

विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा

अमेरिका-साउदीले गरे आणविक सम्झौता: ऊर्जा सहकार्य कि नयाँ सुरक्षा जोखिम ?

काठमाडौँ – अमेरिका र साउदी अरेबियाबीच एक महत्त्वपूर्ण परमाणु सम्झौतामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६