कुमारी बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी « Khabarhub

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताका हकवालालाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।

भरतपुर महानगरपालिका-२ चितवन निवासी निज खाता धारक सुस्मा श्रेष्ठको दुर्घटनामा परि मृत्यु भए पश्चात् उनका श्रीमान् इन्द्र नारायण श्रेष्ठलाई बिमा बापतको १० लाख रकम हस्तान्तरण गरिएको थियो ।

उक्त रकम कुमारी बैंक लिमिटेडको पोखरा बसपार्क शाखाबाट हस्तान्तरण गरिएको थियो । सानिमा जिआईसि इन्स्योरेनस लि.बाट बीमा दाबी रकम प्राप्त भएपश्चात् कुमारी बैंक मार्फत सो रकम भुक्तानी गरिएको थियो ।

बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको  विज्ञप्तिमा उल्लेख गरीएकाे छ । बैंकका अनुसार यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरूले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने छन् ।

सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरूका लागि बीमा सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ५ : १६ बजे

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन

नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको

३९ वर्ष पुरानो ज्याकेट अझै फिट, ‘मिस्टर इन्डिया’ को पहिरनमा देखिए अनिल कपूर

काठमाडौं– बलिउडमा समयसँगै कलाकारको रूप फेरिन्छ, फेसन बदलिन्छ र पुराना