एक सांसदले बोलेका कुरामा संसद् अवरुद्ध गर्नु अनुचित : प्रवक्ता महत « Khabarhub

एक सांसदले बोलेका कुरामा संसद् अवरुद्ध गर्नु अनुचित : प्रवक्ता महत


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कुनै एक सांसदले सदनमा बोलेका कुरालाई लिएर संसद् नै अवरुद्ध गर्नु उचित नहुने बताएका छन् ।

आइतबार सदन अवरुद्ध भएपछि संसद् भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले सदनमा सांसदहरूले धेरै विषयमा बोल्ने गरेको एक सांसदले बोलेको कुरालाई लिएर मात्रै संसद् अवरोध गर्नु उचित नभएको बताएका हुन् ।

माओवादी सशस्त्र द्वन्द्वलाई स्वीकार गरेर मुलुकमा शान्ति प्रक्रिया अघि बढेको अवस्थामा अनावश्यक आशंका जन्माउन नहुने उनले बताए ।

महतले विपक्षमा हुँदा धेरै प्रतिक्रियात्मक हुने र सत्तापक्षमा हुँदा रक्षात्मक हुने कुरा उचित नभएको पनि जिकिर गरे ।

सदनमा गम्भीर रूपमा छलफल गर्नुपर्ने धेरै एजेन्डा र विधेयकहरू रहेकाले छिटै निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ५ : ४७ बजे

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १