आठ दिनपछि अस्पतालबाट डिस्चार्ज भइन् दीपिका « Khabarhub

आठ दिनपछि अस्पतालबाट डिस्चार्ज भइन् दीपिका


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड नायिका दीपिका पादुकोण ८ दिनको अस्पताल बसाइपछि घर फर्किएकी छन् । पहिलो सन्तान छोरीलाई जन्म दिएर उनी आइतबार अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

दीपिका सेप्टरम्बर ७ सात मुम्बईस्थित एचएन रिलाइन्स अस्पतालमा भर्ना भएकी थिइन् । त्यसको भोलिपल्ट उनले छोरीलाई जन्म दिएकी थिइन् ।

दीपिका र उनका श्रीमान् रणवीर सिंहले सामाजिक सञ्जालमा नयाँ सन्तानबारे जानकारी दिइरहेका छन् । ८ दिन अस्पतला बस्नुको कारणबारे भने उनीहरूले खुलाएका छैनन् ।

सामाजिक सञ्जालमा उनीहरूका समर्थकले ‘छोरीको नाम के राख्ने ?’ भनेर प्रश्न गरिरहेका छन् । अहिलेसम्म नामबारे यो जोडीले जानकारी दिएको छैन ।

केही समयअगाडिको अन्तर्वार्तामा रणवीरले छोरीको बुवा बन्ने इच्छा व्यक्त गरेका थिए । उनले धेरै नामहरू पनि आफूले सोचिरहको र अरुले नै उक्त नाम प्रयोग गर्नसक्ने भन्दै खुलासा गरेका थिएनन् । उक्त कारण पनि यो जोडीले छोरीको नाम के राख्छन् भन्ने धेरैका लागि चासोको विषय बनेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ६ : ३४ बजे

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन