फोटो फिचर

काठमाडौंमा दिउँसोदेखि साँझसम्म जामैजाम (तस्बिरहरू)

By खबरहब

September 15, 2024

काठमाडौं- काठमाडौंको मुख्य क्षेत्र आइतबार दिउँसोदेखि रातिसम्मै ट्राफिक जामले अस्तब्यस्त बनेको छ ।

नेपाल वायुसेवा निगम, भद्रकाली र जमल क्षेत्रमा आइतबार दिउँसोदेखि साँझसम्म लामो सवारी जाम भएको हो ।

इन्द्रजात्राको सुरुवातसँगै नेवार समुदायका चाडपर्वको आगामनले नयाँसडक, वीर अस्पताल र अशन क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिँदा लामो जाम परेको हो ।

नेवानिको कार्यालय, भद्रकाली र जमल क्षेत्रमा हरेक साँझ ट्राफिक जाम हुने गरेको छ । तर आइतबार इन्द्रजात्रा शुरु भएसँगै जाम झनै लम्बिएको हो ।