‘हामी पार्टी फुटेका कलाकार’ « Khabarhub

‘हामी पार्टी फुटेका कलाकार’


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले १० वर्षे सशस्त्र सङ्घर्षमा आधारित नयाँ सिरियल ‘राधा कृष्ण’ ल्याएका छन् । सो सिरियलको प्रिमियरमा सो सङ्घर्षका नेतृत्वकर्ता एवम्‌ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई प्रमुख अतिथि थिए ।

मण्डला थिएटरमा आयोजित कार्यक्रममा अतिथिका रूपमा कलाकार जितु नेपाल ‘मुन्द्रे’ पनि उपस्थित थिए । प्रिमियरपछि बोल्न उनी मञ्चमा उक्लिए । आगामी दशैंमा प्रदर्शनमा आउने आफ्नो फिल्म ‘ज्वाइँ साब’को प्रचार पनि गरे ।

माइक र अगाडि नेता भेटेपछि जितुले राजनीतिक व्यङ्ग्य गर्न किन छुटाउँथे र ! नेताहरूमाथि उनले व्यङ्ग्य कसिहाले, ‘जुन नेता आए पनि देश नै नबन्ने ! यो देश नै यस्तो रहेछ । न बा प्रधानमन्त्री हुँदा बन्छ, न भाउजू परराष्ट्रमन्त्री हुँदा बन्छ । मलाई त यो देश नै यस्तै रहेछ भन्ने लाग्न थाल्यो । नभए अहिलेसम्म मैले जति नेता भेटे पनि देश बनाउँदिन भनेको सुनेको छैन । देश बनाउनै भनेर व्यस्त भएको देख्छु ।’

मुन्द्रेले यति भनेपछि हलमा हाँसो फैलियो । उनी दलहरूको टुटफुटतिर पनि प्रवेश गरे । सायद माओवादीबाट छुट्टिएका बाबुरामलाई प्रचण्डसँगै देखेर होला ! यो विषयमा चाहिँ उनले नेतालाई घोचेनन् । बरु आफू छक्कापञ्चा टिमबाट बाहिरिएको विषयलाई व्यङ्ग्यात्मक शैलीमा पार्टी फुटको सङ्ज्ञा दिए ।

मुन्द्रले भने, ‘हामीले नेतालाई पार्टी फुट्यो, यो भयो, त्यो भयो भन्छौं । वास्तवमा हाम्रो पनि पार्टी फुटेकै हुन्छ, नेताहरूले हामीलाई व्यङ्ग्य गर्नुहुँदैन । म पनि त्यही फुटेको पार्टीमा पर्छु । पहिला छक्कापञ्जा समूहमा थिएँ ।’

उनले हाँसिमजाकमै ‘छक्का पञ्जा ५’ सँग आफ्नो फिल्म ‘ज्वाइँ साब’ जुधाउने नियतले एकै मितिमा प्रदर्शनमा आएको होइन भन्न पनि भ्याए । भने, ‘अहिले फिल्म जुधेर उधुम भएको छ । दीपकलाई पछार्न भन्छन् । फूलपातीमा सँगै फिल्म आउने भएकाले दाजु (दीपक)र भाइको झगडा होला जस्तो भयो ।’

उनले कलाकारहरूको टिम टुक्रिएको विषय त्यत्तिमै सीमित गरेनन् । बल्छी–राजु पौडेल ‘राजु मास्टर’ र कुमार कट्टे ‘जिग्री’ र दीपक आचार्य ‘काकु’को प्रसंग पनि कोट्याए ।

मुन्द्रेले भने, ‘राजु मास्टर र बल्छी धुर्बे मिलेर काम गरिरहेका थिए । अहिले छुट्टाछुट्टै काम गर्न लागेका छन् । सक्किगोनीका दीपक आचार्य पनि पार्टी फुट भएर निस्किएको सुनेको छु है मैले ! अब हामी फुटेको-फुटेर मिलेर अर्को पार्टी बनाउनुपर्छ ।’

पाठकलाई स्मरण गराऊँ– सिरियल ‘हल्का रमाइलो’मा राजु मास्टर र बल्छीको सहकार्य टुटेको हो ।  राजुमास्टर बाहिरिएपछि अहिले बल्छी एक्लैले सो सिरियललाई निरन्तरता दिइरहेका छन् ।

निर्देशक कुमार कट्टेलसँगको विवादले दीपक आचार्यले ‘सक्किगोनी’ छाडेको चर्चा छ । ‘सक्किगोनी’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’मा क्रेडिटको विषयमा विवाद हुँदा आचर्यले बाहिरिने निर्णय लिएको बुझिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ८ : ३६ बजे

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

मस्को- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

रियाद– यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी

एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

नागोया– आयोजक जापानले बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको