काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको सरुवा « Khabarhub

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको सरुवा


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतसहित ४० जना सहसचिवको सरुवा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’बीच विवाद बढिरहेका बेला सरकारले महानगरका प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरेको हो ।

महानगरका प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै काठमाडौं महानगरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सरोजप्रसाद गुरागाईँलाई पठाइएको छ । गत ५ माघमा परियार काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका थिए ।

मन्त्रिपरिषद बैठकले सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । सूचना तथा प्रसारण विभागका महानिर्देशक बलाराम रिज्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी पाएका छन् ।

त्यस्तै उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय, मधेसमा कार्यरत राजीव पोखरेललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाइएको छ । राष्ट्रिय दलित आयोगमा कार्यरत शिवराज चौलागाईको पोखरा महानगरपालिकामा सरुवा गरिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ८ : ५७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।