समाचार

धोबी खोलामा खसेको ट्याक्सी बाढीले बगायो

By खबरहब

September 15, 2024

काठमाडौं – काठमाडौंको देवीनगरस्थित मदन भण्डारी कलेज अगाडिको पुलबाट धोबीखोलामा खसेको ट्याक्सीलाई बाढीले बगाएको छ ।

धोबी खोलामा आएको ठूलो बाढीले उक्त ट्याक्सीलाई बगाएको प्रहरीले जनाएको छ । उक्त ट्याक्सीको नम्बर खुलेको छैन ।

आइतबार दिउँसोदेखि काठमाडौंमा परेको लगातारको वर्षाका कारण आसपासका नदीनालामा पानीको सतह बढेको छ । पछिल्लो एक घण्टामा उपत्यकामा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति पनि भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागले वाग्मती धोबीखोला, विष्णुमती नदीमा पानीकाे बहाव बढ्ने सम्भावना रहेकाले भोलि बिहानसम्मै सतर्क रहन आग्रह गरेको छ ।