आज २०८१ साल असोज २९ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज २९ गते मंगलबारको राशिफल


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज २९ गते मंगलबार तदनुसार सन् २०२४ अक्टोबर १५ तारिख। असोज शुक्ल पक्षको त्रयोदशी तिथि। प्रदोष व्रत। अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस। विश्व हात धुने दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आम्दानीका स्रोत बलिया छन्। रोगसँग लड्ने क्षमता बढेको छ। आफ्ना साथी विपक्षीको कित्तामा रहेकाले राजनीतिमा अप्ठेरो परिस्थिति बन्नसक्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : आज अचानक सञ्चित धन खर्च हुने दिन छ। शिक्षाको क्षेत्रमा नाम र दाम बढ्नेछ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। अनुत्पादक क्षेत्रमा लगानी हुने भएकाले खर्च कटौती गर्नु राम्रो हुनेछ।

मिथुन : तपाईंको मनमा बुद्धिको उदय हुनेछ। दीर्घकालसम्म हुने कामको सुरुवात गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कर्कट : मनमा खटपटी बढ्नेछ। नवदुर्गा र शिवजीको सेवा गरेमा मन शान्त बन्नेछ। परिवारमा सल्लाह लिएर अगाडि बढेमा प्रगति हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सामान्य ढंगले अगाडि बढ्नेछ।

सिंह : तृतीय भावमा सूर्य अगाडि बढ्दैछन्। दाजुभाइको सल्लाहमा अगाडि बढ्दा व्यवहारमा सहजता मिल्नेछ। परिवारसँग रमाइलो घुमघामको अवसर मिल्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ।

कन्या : बोलीको प्रभावले समाजमा नाम र दाम मिल्नेछ। वैदेशिक रोजगारीमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। चन्द्रमा छैटौं स्थानमा रहेकाले मनमा अशान्ति बढ्नसक्छ। चन्द्रको दर्शन गरेर दिनलाई सहज बनाउन सकिन्छ।

तुला : तपाईंको कला र गलाको प्रशंसा हुनेछ। अध्ययनको क्षेत्रमा तपाईंको रुचि बढ्नेछ। विपक्षी शान्त भएकाले काम गर्ने वातावरण मिल्नेछ। परिवारमा सोचेर अगाडि बढ्नु राम्रो हुनेछ।

वृश्चिक : आम्दानीका स्रोत धेरै भएकाले सदुपयोग गर्नुपर्ने देखिन्छ। खानपानमा ख्याल नगरेमा रोगले आक्रमण गर्ने जोखिम छ। राजनीतिक संगठनमा तपाईंको राम्रो पहुँच रहनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : थोरै लगानी गरे पनि धेरै आम्दानी हुनेछ। गुरु अनुकुल भएकाले शिक्षा क्षेत्रको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारमा मेलमिलाप हुनेछ।

मकर : सञ्चित धनको खर्च हुने योग छ। शिवको भजन सुन्नाले दिन सहज बन्नेछ। शिक्षामा भन्दा स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको भाव बुझ्न नसक्दा खटपटी बढ्ने जोखिम छ। प्रेम सम्बन्धमा सचेत भएर अगाडि बढ्नु राम्रो हुनेछ।

कुम्भ : मध्यसाढेसाती दशा भए पनि तपाईंकै राशिमा चन्द्रमा पुगेकाले मन शान्त बन्नेछ। लगानीका क्षेत्रमध्ये स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट डर र त्रास रहनेछ। व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ।

मीन : आम्दानी बढ्नेछ। लगानीका क्षेत्रमा सहकार्य गर्दा फाइदा हुनेछ। एकल रुपमा लगानी नगर्नु उचित हुनेछ। आफूभन्दा ठुलाले दिएको सुझाव तपाईंका लागि उपयुक्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्ध दरिलो बन्ने योग छ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ५ : ३६ बजे

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते

मतदाता नामावली भोलिदेखि संकलन गरिँदै

काठमाडौं– निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि

इरान-इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित

एजेन्सी– अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानमाथि संयुक्त रूपमा