महिला टी-२० विश्वकप : न्युजिल्यान्ड सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए | Khabarhub Khabarhub

महिला टी-२० विश्वकप : न्युजिल्यान्ड सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

यूएई – न्युजिल्यान्ड महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा पाकिस्तानलाई ५४ रनले हराउँदै न्युजिल्यान्ड सन् २०१६ पछि पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो।

न्युजिल्यान्डले दिएको १११ रनको लक्ष्य पछ्याएको पाकिस्तान ११.४ ओभरमा ५६ रनमा सीमित भएको हो। पाकिस्तानलाई कम योगफलमा सीमित गर्ने क्रममा एमेली केरेले २.४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए।

यसैगरी एडन कारसनले ३ ओभरमा ७ रन खर्चेर दुई विकेट लिए। उनी खेलको उमन अफ द म्याच समेत घोषित भइन्। पाकिस्तानकी फतिमा सानाले २३ बलमा २१ रन बनाइन्।

यसैगरी मुनिबा अलीले १५ रन प्रहार गरिन्।
यसअघि दुबईको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतीमा ११० रनको योगफल खडा गरेको थियो।

न्युजिल्यान्डका लागि सुजिया बेट्सले सर्वाधिक २९ तथा ब्रकी हेलीडले २२ रनको योगदान गरिन्।

यसैगरी सोफिया डिभाइनले १९ रन जोडिन्। पाकिस्तानकी न्रासा सन्धुले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिइन्।

समूह ‘ए’ बाट यस अघि नै अस्ट्रेलिया पहिलो हुँदै सेमिफाइनल प्रवेश गरी सकेको छ। यसैगरी, न्युजिल्यान्डले दोस्रो हुँदै सेमिफाइनल प्रवेश गर्दा समूहमा रहेका भारत, पाकिस्तान र श्रीलङ्का बाहिरिएका छन्।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ९ : ०३ बजे

आज २०८२ साल साउन २३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २३ गते शुक्रबार। साउन

गृहमन्त्रीले भने : पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्नेछन्

भक्तपुर – गृहमन्त्री रमेश लेखकले सन् २०३० सम्ममा नेपालका प्रत्येक

उत्तरकाशीको धराली बाढीमा कम्तीमा १३ नेपाली बेपत्ता

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जाने बाटोमा पर्ने धराली

विश्वको सबैभन्दा धेरै प्लास्टिक उत्पादन गर्ने राष्ट्र बन्यो चीन

जेनेभा – सन् २०२४ मा सात वटा देशले सबैभन्दा सामान्य

क्यानडा जानका लागेका खेम सेन्चुरी विमानस्थलमै बिरामी, केएमसी अस्पतालमा भर्ना

काठमाडौं – चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी अचानक स्वास्थ्यमा समस्या