महिला टी-२० विश्वकप : न्युजिल्यान्ड सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए « Khabarhub

महिला टी-२० विश्वकप : न्युजिल्यान्ड सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

यूएई – न्युजिल्यान्ड महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा पाकिस्तानलाई ५४ रनले हराउँदै न्युजिल्यान्ड सन् २०१६ पछि पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो।

न्युजिल्यान्डले दिएको १११ रनको लक्ष्य पछ्याएको पाकिस्तान ११.४ ओभरमा ५६ रनमा सीमित भएको हो। पाकिस्तानलाई कम योगफलमा सीमित गर्ने क्रममा एमेली केरेले २.४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए।

यसैगरी एडन कारसनले ३ ओभरमा ७ रन खर्चेर दुई विकेट लिए। उनी खेलको उमन अफ द म्याच समेत घोषित भइन्। पाकिस्तानकी फतिमा सानाले २३ बलमा २१ रन बनाइन्।

यसैगरी मुनिबा अलीले १५ रन प्रहार गरिन्।
यसअघि दुबईको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतीमा ११० रनको योगफल खडा गरेको थियो।

न्युजिल्यान्डका लागि सुजिया बेट्सले सर्वाधिक २९ तथा ब्रकी हेलीडले २२ रनको योगदान गरिन्।

यसैगरी सोफिया डिभाइनले १९ रन जोडिन्। पाकिस्तानकी न्रासा सन्धुले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिइन्।

समूह ‘ए’ बाट यस अघि नै अस्ट्रेलिया पहिलो हुँदै सेमिफाइनल प्रवेश गरी सकेको छ। यसैगरी, न्युजिल्यान्डले दोस्रो हुँदै सेमिफाइनल प्रवेश गर्दा समूहमा रहेका भारत, पाकिस्तान र श्रीलङ्का बाहिरिएका छन्।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ९ : ०३ बजे

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसन गार्ड काेर्प्स (आईआरजीसी)ले आइतबार बिहान

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २५

नयाँ लघुकथासङ्ग्रह शान्तिविजय औपचारिक रूपमा सार्वजनिक

काठमाडौं– साहित्यकार प्रार्थना खनालद्वारा लिखित नयाँ लघुकथासङ्ग्रह शान्तिविजय औपचारिक रूपमा सार्वजनिक

‘एसेन्सियल सिरिज’ सार्वजनिक गर्दै एलजीले थाल्यो ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियान

काठमाडौं- एलजीले नेपाली बजारलाई लक्षित गरी आफ्नो नयाँ घरेलु उपकरण