नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा « Khabarhub

नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपालले शान्ति सैनिकमाथि लेबनानमा भएको इजरायली आक्रमणको कडा निन्दा गरेको छ । नेपालसहित राष्ट्रसङ्घीय शान्ति मिसनमा संलग्न ३४ देशले सोमबार संयुक्त विज्ञप्ति जारी गरी इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आज सामाजिक सञ्जाल एक्समार्फत मन्त्रालयले शान्ति मिसनमा खटिने सैनिकहरूमाथि इजराइली पक्षले गरेको आक्रमणको कडा निन्दा गर्दै शान्ति स्थापनामा खटिने सैनिकको सुरक्षाको प्रत्याभूति दिलाउन द्वन्द्वरत दुवै पक्षसँग आग्रह गरको छ । 

यसैगरी, हिंसा र आक्रमणको शृङ्खला तुरुन्त रोकी उक्त घटनाको विस्तृत छानबिनसहित सुरक्षाको प्रत्याभूति दिलाउनसमेत सम्बद्ध पक्षसँग मन्त्रालयले आग्रह गरेको छ ।

दक्षिणी लेबनानस्थित शान्ति मिसनको आधार शिविरभित्र प्रवेश गरी इजरायली सेनाले गरेको हिजबुल्ला लक्षित आक्रमणमा परी ६ जना शान्ति सैनिक घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच, इजरायलले शान्ति सेना हटाउन अनुरोध गरेकामा संयुक्त राष्ट्रसङ्घले नहटाउने निर्णय गरेको समेत जनाइएको छ ।

संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा उल्लेख्य सङ्ख्यामा सेना खटाई विश्व शान्ति स्थापना अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपालले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा द्वन्द्वग्रस्त मुलुक लेबनानमा पनि आफ्नो सेना खटाएको छ ।

इजरायली आक्रमणको निन्दा गर्दै संयुक्त हस्ताक्षर गर्ने देशहरूका तर्फबाट सङ्घर्षरत दुवै पक्षलाई युद्धमा अन्तर्राष्ट्रिय कानुन पालना गर्न र शान्ति सुव्यवस्था, अमनचैन कायम राख्न आह्वान गरिएको छ ।

यसरी हस्तक्षर गर्ने देशहरूमा नेपालसहित चीन, फ्रान्स, संयुक्त अधिराज्य बेलायत, बङ्गलादेश, श्रीलंका, अर्मेनिया, ब्राजिल, अष्ट्रिया, कम्बोडिया, साइप्रस, एलसाल्भाडोर, इस्टोनिया, फिजी, फिनल्यान्ड, घाना, ग्वाटेमाला, हङ्गेरी, इन्डोनेसिया, इटली, कजाकिस्तान, कोरिया, लातभिया, मलेसिया, माल्टा, मङ्गोलिया, नेदरल्यान्ड, पोल्यान्ड, कतार, सियरालियोन, स्पेन रहेको बताइएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ३ : ५९ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको