कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीसहित ७ जना पक्राउ परेका छन् । 

उनलाई बाटोमा हिँड्दा हिँड्दै बालुवाटारबाट प्रहरीले पक्राउ गरेको हो । मंगलबार साँझ ६ बजे प्रहरीले बालुवाटारबाट पक्राउ गरेर मालिगाउँ लगेको थियो । 

निर्मला कुर्मीलाई न्याय माग्दै ६८ दिनदेखि निरन्तर आन्दोलित नेपालगञ्जका अधिकारकर्मी तथा नागरिकको आन्दोलन चलिरहँदा सडक जाम भएपछि के रहेछ भनेर गाडीबाट ओर्लिएर हेर्दा आफूलाई प्रहरीले पक्राउ गरेको उनले बताए । 

प्रहरीलाई आफूले आफ्ना बारेमा जानकारी दिएको भए पनि दुर्व्यवहार गरेर पक्राउ गरेको उनले बताएका छन् ।

अहिले उनलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको छ ।

बालुवाटारको सडकमा बसेर चार जना महिलाले कुर्मीको न्यायका लागि नाराबाजी गरिरहेका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ७ : १७ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ