हिमाल हेर्न कोखेडाँडा « Khabarhub

हिमाल हेर्न कोखेडाँडा


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पर्वत – मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ। समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो स्थानमा विशेषगरी हिमाल हेर्न जाने बढेका हुन्।

छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल मोहोरेडाँडाबाट करिब आधा घण्टाको पैदलयात्राबाट पुग्न सकिने कोखेडाँडाबाट सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि, निलगिरिलगायत हिमाल हेर्न सकिन्छ।

म्याग्दीको पुनहिलभन्दा पनि उचाइमा रहेको यो स्थानबाट पर्वत, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, लमजुङ, तनहुँलगायतका जिल्ला अवलोकन गर्न सकिन्छ।

लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय लेखबहादुर गुरुङले कोखेडाँडामा कटेज स्थापना गरेका छन्। उनले यहाँ आउने पर्यटकको सुविधाका लागि नेपाल टेलिकम वा एनसेलको टावर स्थापना गर्नुपर्ने, विद्युतीकरण र सहज पदमार्गहरूको अभाव रहेको बताए। उनले कटेजमा नेपालीहरूलाई एक रात बास बसेको एक हजार पाँच सय लिने गरेका छन्।

कोखेडाँडामा विभिन्न ३० देशका झण्डा राखिएको छ। कोखेडाँडा पुग्नका लागि तीनवटा मार्ग छन्। कास्कीको नयाँपुल-उल्लेरी-वनठाँटी हुँदै पैदल हिँडेर कोखेडाँडा पुग्न सकिन्छ। यो मार्गबाट चारदेखि पाँच घण्टा पैदलयात्रा गर्नुपर्दछ। त्यसैगरी पातीचौर-बाजुङ-क्याङ-लेसपारसम्म गाडीमा यात्रा गरेर त्यहाँबाट झण्डै छ-सात घण्टाको पैदलयात्रामार्फत पनि कोखेडाँडा पुग्न सकिन्छ भने पर्वतको जलजला गाउँपालिकाअन्तर्गत मिलनचोक-शालिजा-तारे-हम्पालसम्म गाडीमा र करिब तीन घण्टाको पैदलयात्रा गरी कोखेडाँडा पुग्न सकिन्छ।

कोखेडाँडा जाने पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयमार्फत १० लाख विनियोजन भएको छ। यस वर्ष पदमार्ग निर्माण गरिने मोदी गाउँपालिका वडा नं १ भुकताङ्लेका वडाध्यक्ष टेकबहादुर गुरुङले बताए।

कोखेडाँडा जाने पर्यटक मोदी गाउँपालिका वडा नं १ लप्सीबोट र भुकदेउराली र ताङ्लेमा रहेको होमस्टेमा पनि बास बस्न सक्नछन्। त्यस्तै मोदी गाउँपालिका वडा नं ४ लेसपारमा पनि होमस्टे सुविधा विस्तार गरिएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ६ : ०३ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको