नेपालले पठाउन थाल्यो बंगलादेशमा बिजुली, यो वर्ष एक दिन मात्रै ! « Khabarhub

नेपालले पठाउन थाल्यो बंगलादेशमा बिजुली, यो वर्ष एक दिन मात्रै !


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ। गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली शुक्रबार एक कार्यक्रमकाबीच बंगलादेश पठाउने कार्यको सुरुवात गरिएको हो ।

भारतबाट स्वीकृति आएसँगै शुक्रबार बंगलादेशलाई बिजुली पठाउन थालिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए।

नेपालबाट शुक्रबार बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात भएको हो । परराष्ट्र मन्त्रालयले आयोजना गरेको कार्यक्रमबीच विद्युत् निर्यातको उद्घाटन गरिएको हो ।

नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने सम्झौता छ। त्यही अनुसार नेपालले यस वर्ष शुक्रबार एक दिन मात्रै बंगलादेशलाई बिजुली बेच्दैछ।

त्यसपछि बंगलादेशलाई बिजुली बेच्न अर्को वर्ष कुर्नु पर्नेछ। नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै बिजुली बेच्न पाउने छ।

बंगलादेशलाई बिजुली बेच्दा मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुनेछ। कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट बिजुली निर्यात हुने प्राधिकरणले जनाएको छ। प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ।

गत असोज १७ मै नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौता भए पनि भारतको स्वीकृति नआएपछि ढिलो भएको थियो।

सम्झौता हुँदा यसै वर्ष एक दिन भए पनि बिजुली बिक्री गर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका थिए।

छ वर्षको गृहकार्यपछि भएको नेपाल र बंगलादेश विद्युत् बिक्री सम्झौता (पीएसए) कार्यान्वयनमा आउने भएको छ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बिक्री गर्ने जनाएको छ।

भारतको बजारमा बिजुली बिक्री गर्न २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाले यसअघि नै स्वीकृति पाइसकेको छ।

नेपालले डलरमा विद्युत् बिक्री गर्न लागेको पहिलो पटक हो। नेपालले हाल भारतसँग मात्रै भारतीय रुपैयाँमै कारोबार गर्दै आएको छ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश निर्यात हुनेछ।

त्यसका लागि विद्युत्‌को मिटर मुजफ्फरपुरमा रहने छ। त्यसैले, ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै व्यहोर्नुपर्ने छ।

मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)-भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश पुग्नेछ।

बंगलादेश निर्यात हुने बिजुलीको मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर बिन्दुमा पाउने छ। अर्थात्, बंगलादेश निर्यात हुने विद्युत्‌को मिटर मुजफ्फरपुरमा रहने छ। ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै व्यहोर्ने भएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १२ : ५६ बजे

‘डिजिटल हिंसा पनि हिंसा हो’

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको

सरकारको प्राथमिकता नै निर्वाचन हो: गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले

गौरीगञ्ज इलाका प्रशासन कार्यालयका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

झापा- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन

काठमाडौँमा नगद र गहना चोरी गर्ने २ भारतीय पक्राउ

काठमाडौं- काठमाडौंमा नगद र गरगहना चोरी कार्यमा संलग्न दुई भारतीय

ज्वालामुखी विस्फोटपछि नेपालबाट हुने दुई उडान रद्द हुँदा सयौँ यात्रु विमानस्थलमै

काठमाडौं- इथियोपियाको अफारमा विस्फोट भएको हाइली गुब्बी ज्वालामुखी असरका कारण