प्याजका बिरुवा बेचेर डेढ लाख कमाउँदै रामपुरका किसान « Khabarhub

प्याजका बिरुवा बेचेर डेढ लाख कमाउँदै रामपुरका किसान


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

रामपुर– रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर एक लाख ५० हजार रुपैयाँ बढी आम्दानी गर्छन् । विगत २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका बिरुवा उत्पादन गर्दै आएका उनी गाउँमा असल बिरुवा उत्पादक किसानका रूपमा चिनिन्छन् ।

रामपुर नगरपालिका–३ गण्डकीढिकस्थित कालीगण्डकी करिडोरको सडक छेउमा दुवाडीको घर छ । करिब एक रोपनी जग्गा प्याजका बिरुवा उत्पादन गर्न छुट्टाएको उनले बताए । लामो समयदेखि निरन्तर रूपमा नर्सरी तयार गरी प्याजका बिरुवा उत्पादन तथा बिक्री गर्दै आएको उनको भनाइ छ । उनका अनुसार बिरुवा बिक्री गरेर एक सिजनमा रु एक लाख ५० हजार बढी आम्दानी हुन्छ ।

‘बिरुवा उत्पादन गर्न धेरै समय नलाग्ने, कम लगानीमा मनग्ये आम्दानी लिन सकिन्छ’, दुवाडीले भने, ‘स्थानीय तथा बाहिरबाट आउने व्यापारीले यहाँबाट बिरुवा खरिद गरी लैजानुहुन्छ ।’ प्याज खरिद गर्न आउने ग्राहकले बन्दा, काउली, ब्रोकाउली, गोलभेँडालगायत बिरुवा खोज्ने भएकाले यी बिरुवा पनि उत्पादन थालेको उनले जानकारी दिए  ।

दुवाडीका अनुसार प्याज एक रुपैयाँको तीन वटा, काउली पाँच रुपैयाँको एउटा, हाइब्रिड बन्दा पाँच रुपैयाँको एउटा, स्थानीय बन्दा पाँच रुपैयाँको दुईवटा, ब्रोकाउली १० रुपैयाँको एउटा बिक्री भइरहेको छ ।

‘प्याजका बिरुवा उत्पादनलाई प्रमुख व्यवसाय बनाएको छु । यहाँ आउने ग्राहकको सजिलोका लागि अन्य तरकारीका बिरुवा पनि उमार्ने गरेको हुँ’, उनले भने, ‘एकै ठाउँमा आफूलाई चाहिएको सबै जातका बिरुवा पाइने भएपछि ग्राहकलाई पनि सहज भएको छ ।’

आफूले रोप्न बिरुवा खरिद गर्दा रोजेर लैजान नदिएपछि अर्को वर्षदेखि आफैँले उत्पादन थालेको दुवाडीले बताए। आधा किलो प्याजको बिउबाट व्यवसाय सुरु गरेको भन्दै बिरुवा उत्पादन राम्रो हुँदै गएपछि क्षेत्रफल पनि बढाउँदै लगेको उनले उल्लेख गरे ।

यहाँ उत्पादित बिरुवा काठमाडौँ, पोखरा, नारायणगढ, तानसेन, बुटवल, स्याङ्जा, तनहुँ, नवलपरासीलगायत विभिन्न स्थानमा खपत हुने गरेको छ । यस वर्ष एक लाख ५० हजार रुपैयाँ बढीको आम्दानी हुने अनुमान गरिएको उनकी श्रीमती मतिकला दुवाडीले बताइन् । बिरुवा उखेल्ने र बिक्री गर्ने काममा श्रीमान् श्रीमती दिनभर खटेर काम गर्छन् ।

यात्रुले गाडी रोकेर बिरुवा खरिद गर्नाले उनीहरूलाई उखेलेर बेच्न भ्याइनभ्याइ हुने मतिकलाले बताइन्  । ‘यात्रुले हरियाली बिरुवा देखेपछि गाडी रोकेर लैजाने गर्नुहुन्छ । हामीले तयारी बनाएर राखिदिने गरेका छौँ’, उनले खुसी हुँदै भनिन् ।

रामपुर–६ स्थित प्याक्लुक बस्ने राधिका बस्यालले पनि करिब एक रोपनी जग्गामा नर्सरी तयार पारेर बिरुवा उत्पादन गर्छिन्  । प्याज, काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा उत्पादन सँगसँगै हुने भएकाले एक सिजनमा एक लाख बढी आम्दानी हुने गरेको उनले जानकारी दिइन्  । तरकारी खेतीको तुलनामा छोटो समयमा बढी आम्दानी हुने भएकाले बिरुवा उत्पादनमा जोड दिएको उनको अनुभव छ ।

पछिल्लो समय घरायसी प्रयोजनका लागि घर–घरमा काउली, बन्दा, ब्रोकाउली, प्याज, गोलभेँडालगायत बिरुवा लगाउने चलन बढेकाले बजारीकरणको समस्या नभएको बस्यालले बताउँछिन्  ।

छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकाले पछिल्लो समय बिरुवा उत्पादनमा किसानको आकर्षण बढेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताए  । ठूलो परिमाणमा उत्पादन गर्ने किसानलाई शाखाबाट प्राविधिक तथा तालिमलगायतमा सहयोग गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  २ : ३१ बजे

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा टिम डेभिडको जादू : १५ औँ ओभरमा ब्याटिङ गर्न गएर २५ बलमा ७० रन ?

काठमाडौँ – आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति जादु देखाए

थोरै पानीले धेरै सिँचाइ गर्ने ‘काचाल्का’ प्रविधि

चितवन– कृषिलाई व्यावसायिक बनाइ कम लागतमा बढी उत्पादन सुनिश्चित गर्नु

आईपीएलमा बेङ्गलोरुले दियो २५१ रनको विशाल लक्ष्यः चेन्नाई ४३ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ११ औँ