एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट यू-१९ महिला टिमलाई १० लाख दिने « Khabarhub

एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट यू-१९ महिला टिमलाई १० लाख दिने


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  विश्वकपमा छनौट भएको नेपाली यू-१९ महिला क्रिकेट टिमलाई नेपाल प्रिमियर लिग (एनपीएल) का आठ फ्रेन्चाइजीले १० लाख नगद पुरस्कार दिने भएका छन् ।

आठ फ्रेन्चाइजीले शुक्रबार नेपाली यू-१९ महिला टिमलाई १० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

नेपाली महिला यू-१९ टिमले युएईलाई पराजित गर्दै पहिलो पटक विश्वकपमा छनौट भएर इतिहास बनाएको थियो ।

आगामी मङ्सिर १५ देखि शुरु हुने एनपीएलमा बिराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लाइन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सगरी आठ फ्रेन्चाइजीले भाग लिँदै छन् ।

विश्वकपमा छनौट नेपाली यू-१९ महिला टिमलाई नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि जनही साढे २ लाख नगद पुरस्कार दिने घोषणा गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  २ : ३४ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको