आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो « Khabarhub

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै चितवनका किसानले उत्पादन गरेको महले बजार पाउन थालेको छ । यसअघि आयात खुला हुँदा यहाँ उत्पादित महले बजार नपाउँदा थन्किएर बसेको थियो ।

नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिव शर्मा पौडेलका अनुसार अहिले एक हजार दुई सय मेट्रिकटन मह बिक्री हुन बाँकी छ । सोमध्ये तीन सय मेट्रिकटन चितवनमा छ । यसअघि आयात खुला हुँदा तीन हजार एक सय ४५ मेट्रिकटन मह भण्डारणमा थियो ।

बाहिरबाट आयत गर्न सरकारले रोक लगाएसँगै यहाँ भण्डारण गरिएको मह बिक्री भएको हो । पूर्वअध्यक्ष शर्माले भने, ‘पुरानै मह भण्डारमा थन्किएको छ । आयात नखोल्दिने हो भने यो मह सकिन समय लाग्दैन ।’ आयात खोले पनि भन्सार दर ६० प्रतिशतले वृद्धि गर्न आवश्यक रहेको उनले बताए ।

नेपालमा अहिले एक लाख ६० हजार घार मेलीफेरा र एक लाख ७० हजार घार सेरेना मौरी रहेको पूर्वअध्यक्ष शर्माले जानकारी दिए । उनका अनुसार यी घारबाट वार्षिक चार हजार नौ सय मेट्रिकटन मह उत्पादन हुँदै आएको छ । यस वर्षको उत्पादन लिन सुरु हुन लागेको शर्माले बताए ।

महासङ्घका अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार सरकारले गत वैशाखदेखि महको आयातमा रोक लगाएको छ । उनले भने, ‘अहिले विदेशी ठूला कम्पनीलेसमेत नेपालको मह खरिद गरेर बिक्री वितरण गर्दै आएका छन् ।’

आफूहरूले सरकारलाई आयात नखोल्न आग्रह गरेको अध्यक्ष घिमिरेले बताए । नेपालमा महको खपत वार्षिक नौ हजार दुई सय मेट्रिकटन हुने गरेको जनाउँदै उनले भने, ‘नेपालको महले नेपालीलाई पुग्दैन तर विडम्बना किसानको घरमा मह थन्किएर बसेको छ ।’

भारतबाट आयात हुने सस्तो महसँग नेपालको उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको महासङ्घका अध्यक्ष घिमिरेको भनाइ छ । आयात रोकिए यहाँ उत्पादित महका लागि बजारको समस्या नहुने उनले बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ४ : ४४ बजे

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले