आज २०८१ साल मंसिर ३० गते आइतबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल मंसिर ३० गते आइतबारको राशिफल


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर ३० गते आइतबार तदनुसार सन् २०२४ डिसेम्बर १५ तारिख। मार्गशीर्ष शुक्ल पक्षको पूर्णिमा तिथि। धान्य पूर्णिमा, उधौली पर्व आजै परेका छन्। गढीमाइ मेलासमेत आजकै दिनपर्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ। स्वास्थ्यले साथ दिए पनि साथीभाइले असहयोग गर्नेछन्। अचानक धन खर्च हुनसक्छ। अर्काको कुरा सुनेर मनलाई चञ्चल बनाएमा घाटा हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ।

वृष : बोल्दा सचेत बन्नुपर्नेछ। स्वास्थ्यमा भने सुधार हुनेछ। शिक्षामा गरेको प्रयासलाई निरन्तरता दिनुपर्नेछ। धैर्य बन्नसके शिक्षामा सफलता मिल्नेछ। स्वदेशमा भन्दा विदेशमा लगानी गर्न मन लाग्नेछ। परिवारलाई ठुलो विश्वास गर्दा धोका हुने जोखिम छ।

मिथुन : सञ्चित धनको खर्च हुने दिन छ। स्वास्थ्यको ख्याल नगर्नाले जोखिम बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। समाजले तपाईंलाई असहयोग गर्ने र परिवारले शंका गर्ने वातावरण बन्नेछ।

कर्कट : टाउको दुख्ने समस्या बढ्नसक्छ। शान्त बनेर अगाडि बढ्नु राम्रो हुनेछ। संयुक्त लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा विदेशमा भन्दा स्वदेशमा अवसर मिल्ने योग छ। राजनीतिक क्षेत्रमा संकट आइपर्ने देखिन्छ।

सिंह : दिन सामान्य राम्रो छ। विपक्षी शक्तिशाली भएकाले झुकेर अगाडि बढ्दा फाइदा हुनेछ। परिवारको कुरा बढी सुन्दा घाटा लाग्नेछ। गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

कन्या : दिन राम्रो छ। मुल त्रिकोणमा चन्द्रमा पुगेकाले मनमा प्रशन्नता बढ्नेछ। साथीभाइ दाहिना भएकाले काम बन्नेछ। विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। चिसोबाट हुने रोगबाट जोगिनुपर्नेछ।

तुला : मनमा खटपटी बढ्नसक्छ। स्वास्थ्यले साथ नदिनाले मन दुःखी हुनेछ। विपक्षी समूहले साथ दिए पनि तपाईंले विश्वास गरेका पात्रले असहयोग गर्नेछन्। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारलाई विश्वास बढी गर्दा धोका हुने जोखिम छ। ठुला व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ।

धनु : दिन सामान्य छ। महत्त्वपूर्ण काम नहुने जोखिम छ। साथीभाइको विश्वास गर्नाले विश्वास टुट्ने जोखिम छ। बौद्धिक क्षेत्रलाई प्रयोगमा ल्याउनुपर्नेछ। परिवारका सदस्यले साथ र सहयोग गर्नेछन्।

मकर : शिक्षाको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रको जोस र जाँगरले सार्थकता पाउने छ। बोलीमा ठेगान नहुने भएकाले बोल्नु अगाडि सचेत बन्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध भए अगाडि बढ्दा फाइदा हुनेछ।

कुम्भ : साना कुराले मनमा खटपटी बढ्नेछ। जन्मकुण्डलीमा शनिदेव ३, ६ र ११ औं स्थानमा भए राम्रो काम बन्नेछ। साथीभाइको साथमा महत्त्वपूर्ण काम बन्नेछ। परिवारले साथ दिने हुनाले संकट टर्नेछ।

मीन : दिदीबहिनी र दाजुभाइसँगको सहकार्य सफल बन्नेछ। पढाइमा ढुलासुस्ती बढ्नेछ। शिक्षामा गरेको प्रयासमा अझ मेहनत आवश्यक देखिन्छ। बोली र व्यवहारमा एकरुपता नहुँदा खटपटी बढ्नेछ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ५ : ०९ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत