एम्बाप्पे बिनाको रियल म्याड्रिडले शीर्ष स्थानमा पुग्ने मौका गुमायो « Khabarhub

एम्बाप्पे बिनाको रियल म्याड्रिडले शीर्ष स्थानमा पुग्ने मौका गुमायो


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलको आइतबार राति भएको खेलमा रियल म्याड्रिड र रायो भल्कानोको ३-३ गोलको बराबरी भएको छ। बराबरीपछि रियल म्याड्रिडले तालिकाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

स्टार खेलाडी केलिएन एम्बाप्पे विना मैदानमा उभिएको कार्लोस एन्सेलोटीको प्रशिक्षणको म्याड्रिडमा पाँचौँ मिनेटमा नै पछि परेको थियो।

जर्ज डी फुर्टोसको कर्नरमा हेड गर्दै युनाइ लोपेजले रियललाई पहिलो अग्रता दिलाएका थिए। ३६ औं मिनेटमा आन अब्दुल अमिनले गोल गर्दै भल्कानोको अग्रता अझ फराकिलो बनाएका थिए। त्यसको तीन मिनेटपछि नै फेड्रिको भालभार्डेले रियलका लागि गोल गरेका थिए।

पहिलो हाफको अन्त्यमा जुड बेलिङघमले रियलका लागि गोल गरे। बेलिङघमको यो ला लिगामा लगातार छैटौँ खेलमा गोल हो। उनी रियलका पछिल्ला आठमध्य सात खेलमा गोल गर्न सफल भएका थिए।

सन् २०१६ मा करिम बेन्जिमापछि रियलका लागि लिगा ६ ला लिगा खेलमा गर्ने गर्ने खेलाडीको रूपमा कीर्तिमान कायम गर्न पनि बेलिङघम सफल भएका छन्। दोस्रो हाफको ११ औं मिनेटमा रोड्रिगोलले रियललाई अग्रता दिलाए पनि भल्कानोको पालाजोनले बराबरी गोल गरे।

शनिबार भएका ला लिगका अन्य खेलमा रियल मार्लोकाले गिरोनालाई २-१ ले हरायो। सेभियाले सेल्टाभिगोलाई १-० ले हरायो भने ओसासुना र इस्पानियोल बिचको खेलमा गोलरहित बराबरी भयो। तालिकामा बार्सिलोना १७ खेलमा ३८ अङ्कसहित शीर्ष स्थानमा छ भने समान खेल खेलेको रियल म्याड्रिड ३७ अङ्क सहित दोस्रो स्थानमा छ। १६ खेल खेलेको एट्लेटिको म्याड्रिड ३५ अङ्कसहित तेस्रो स्थानमा छ।

 

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ०० बजे

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।