विविधताभित्रको राष्ट्रिय एकता नै नेपाली पहिचान : राष्ट्रियसभा अध्यक्ष « Khabarhub

विविधताभित्रको राष्ट्रिय एकता नै नेपाली पहिचान : राष्ट्रियसभा अध्यक्ष


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांस्कृतिक पर्वहरूले समस्त नेपालीबीच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

उँधौली पर्व तथा योमरी पुन्हिका अवसरमा दिएको शुभकामना सन्देशमा विविधताभित्रको राष्ट्रिय एकता नै नेपाली हुनुको पहिचान भएको बताएका छन् ।

किरात समुदायको विशेष चाड उँधौली पर्व तथा नेवार समुदायको पर्व योमरी पुन्हिका अवसरमा देश तथा विदेशमा रहेका समस्त नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै अध्यक्ष दाहालले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको संवर्द्धन र प्रकृति प्रेमको प्रतीकका रूपमा यी चाडपर्व रहेको उल्लेख गरेका छन् ।

कृषि प्रणालीमा आधारित उँधौली पर्व प्रकृतिपूजक किरात समुदायले अन्नबाली पाकेपछि इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई श्रद्धापूर्वक स्मरण गर्दै विशेष रूपमा मनाउने गर्दछन् । यस पर्वमा किरात समुदायले आफ्नो संस्कृति झल्काउने पोशाक लगाउने, मौलिक संस्कृतिमा आधारित बाजागाजासहित गीत गाउँदै, नाच्दै रमाइलो गर्ने अध्यक्ष दाहालले स्पष्ट पारेका छन् ।

उँधौली पर्वजस्तै नेवार समुदायको विशेष पर्व योमरी पुन्हि पनि कृषि प्रणालीसँग सम्बन्धित रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पीठोको विशेष परिकार खाने, धनसम्पत्ति, वृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासका साथ यो पर्व मनाउने चलन रहेको उल्लेख गरेका छन् ।

नेपाली राष्ट्रियताभित्र विविध जातजाति, धर्म र सम्प्रदायअनुसार आ–आफ्नै संस्कृति, परम्परा र चाडपर्वले हाम्रो विविधतालाई प्रतिविम्बित गरेको उल्लेख गर्दै उनले अलगअलग चाडपर्व, सांस्कृतिक रीतिरिवाज र परम्परा मान्दै आएको सन्देशमा जनाएका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ०८ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको