काठमाडौंविरुद्ध सुरुमा ब्याटिङ गर्दै विराटनगर « Khabarhub

काठमाडौंविरुद्ध सुरुमा ब्याटिङ गर्दै विराटनगर


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा काठमाडौं गुर्खाज प्लेअफको अन्तिम लडाइँ विराटनगर किंग्ससँग लड्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर विराटनगरका कप्तान सन्दीप लामिछानेलाई सुरुमा ब्याटिङको निम्तो दिएका छन्।

विराटनगर प्लेअफ दौडबाट बाहिरिसकेको छ भने काठमाडौंको लागि भने आज फराकिलो अन्तरको जित र अन्य खेलको नतिजाले सम्भावना जीवितै छ। शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको हो।

६ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको काठमाडौंका लागि आजको खेल प्लेअफ दौडका लागि विशेष बन्नसक्छ। ६ खेल खेलेको काठमाडौंले तीन जित निकाल्दा समान तीन हार भोगेको छ। विराटनगर भने अन्तिम खेलमा जितसहित प्रतियोगिताबाट बिदा हुन चाहन्छ। चार अंक जोडेको विराटनगरले ६ खेल खेल्दा दुई जित र चार हार ब्यहोरेको छ।

प्रतियोगितामा दुई हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा छ। सुदूरपश्चिम, चितवन र कर्णालीको समान आठ अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम दोस्रो स्थानमा छ। चितवन तेस्रो स्थानमा हुँदा कर्णाली चौथो स्थानमा छ।

एनपीएल अन्तर्गत आइतबार दिउँसो भने पोखरा र सुदूरपश्चिम भिड्दैछन्। यो खेल देउँसो १ बजे सुरु हुनेछ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ८ : ५६ बजे

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो