पाँच विकेट गुम्दा दबाबमा पोखरा : कुशल खाता नखोली गए, एन्ड्रिज ३६ रनमा फिर्ता « Khabarhub

पाँच विकेट गुम्दा दबाबमा पोखरा : कुशल खाता नखोली गए, एन्ड्रिज ३६ रनमा फिर्ता


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिगअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सले सुरुवातमै पाँच विकेट गुमाएको छ ।

१५४ रनको पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराले ३ ओभरमै दुई विकेट गुमाएको थियो । त्यसपछि उसले थप २ विकेट गुमाउन पुगेको छ।

ओपनर दिनेश खरेल र कप्तान कुशल भुर्तेल दुवैलाई सुदूरपश्चिमका स्कट कुग्गेलिजनको बलमा आउट भएका हुन् ।

३ ओभरको पहिलो बलमा दिनेश आउट भएका हुन् । उनले जम्मा १२ बल खेल्दा ३ चौकाको सहयोगमा १५ रन जोडे ।

त्यसपछि क्रिजमा आएका कुशल पनि धेरै समय टिकेनन् । ३ ओरभको पाँचौ बलमा तेस्रो बलको सामना गर्ने क्रममा उनी खाता नखोली आउट भए ।

दिनेश र कुशल आउट भएपछि ५.५ ओभरमा ४ बलमा १ रन बनाएको अवस्थामा दीलिप नाथ पनि आउट हुन पुगे छ ।

त्यसपछि पोखराका भरोसा एन्ड्रिज गौस पनि ७.४ ओभरमा आउट भए । उनी २१ बलमा ३६ रन बनाएको अवस्थामा क्याच आउट हुन पुगे ।

त्यसैगरी जेन मल्लिक पनि केबल १० रनमै आउट भए ।

खेल १० ओभरमा आइपुग्दा पोखरा ५ विकेटको क्षतिमा ६७ रनको अवस्थामा छ । उसका लागि अहिले जेन मल्लिक र रायमन रिफायरले क्रिज सम्हालिरहेका छन् ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ३ : ३२ बजे

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको