पाँच विकेट गुम्दा दबाबमा पोखरा : कुशल खाता नखोली गए, एन्ड्रिज ३६ रनमा फिर्ता « Khabarhub

पाँच विकेट गुम्दा दबाबमा पोखरा : कुशल खाता नखोली गए, एन्ड्रिज ३६ रनमा फिर्ता


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिगअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सले सुरुवातमै पाँच विकेट गुमाएको छ ।

१५४ रनको पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराले ३ ओभरमै दुई विकेट गुमाएको थियो । त्यसपछि उसले थप २ विकेट गुमाउन पुगेको छ।

ओपनर दिनेश खरेल र कप्तान कुशल भुर्तेल दुवैलाई सुदूरपश्चिमका स्कट कुग्गेलिजनको बलमा आउट भएका हुन् ।

३ ओभरको पहिलो बलमा दिनेश आउट भएका हुन् । उनले जम्मा १२ बल खेल्दा ३ चौकाको सहयोगमा १५ रन जोडे ।

त्यसपछि क्रिजमा आएका कुशल पनि धेरै समय टिकेनन् । ३ ओरभको पाँचौ बलमा तेस्रो बलको सामना गर्ने क्रममा उनी खाता नखोली आउट भए ।

दिनेश र कुशल आउट भएपछि ५.५ ओभरमा ४ बलमा १ रन बनाएको अवस्थामा दीलिप नाथ पनि आउट हुन पुगे छ ।

त्यसपछि पोखराका भरोसा एन्ड्रिज गौस पनि ७.४ ओभरमा आउट भए । उनी २१ बलमा ३६ रन बनाएको अवस्थामा क्याच आउट हुन पुगे ।

त्यसैगरी जेन मल्लिक पनि केबल १० रनमै आउट भए ।

खेल १० ओभरमा आइपुग्दा पोखरा ५ विकेटको क्षतिमा ६७ रनको अवस्थामा छ । उसका लागि अहिले जेन मल्लिक र रायमन रिफायरले क्रिज सम्हालिरहेका छन् ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ३ : ३२ बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम