‘एमालेमा माथिदेखि तलैसम्म एकै विचार र सिद्धान्त नभए अघि बढ्न सकिँदैन’ « Khabarhub

‘एमालेमा माथिदेखि तलैसम्म एकै विचार र सिद्धान्त नभए अघि बढ्न सकिँदैन’

‘चेन अनि कमान्ड बिग्रिए एमाले कमजोर हुन्छ’


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र बुझाइमा एकरूपता नभएको बताएका छन्।

‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक’ राष्ट्रिय कार्यशालालाई आइतबार च्यासलमा सम्बोधन गर्दै पोखरेलले पार्टीको नीति सिद्धान्त र बुझाइमा सबैको एकरूपता चाहिने बताएका हुन् ।

उनले एमालेका केन्द्रदेखि स्थानीय तहसम्मका कमिटीमा एकताको भावना हुनुपर्ने बताउँदै सबैलाई पार्टीमा एकताबद्ध गराएर अघि बढ्नुपर्ने पनि उल्ललेख गरे ।

‘जनसेवाको भावनाले ओतपोत हुनेका मान्छेहरूको पार्टी बनाउनुपर्छ । यसो भयो भने अन्य पार्टीलाई परास्त गर्न सजिलो हुन्छ। जनसेवाको भावनाबाट विमुख हुँदा पार्टी नेतृत्वका रूपमा कार्यकर्तालाई विकास गर्न सकिँदैन।’

पार्टी नेतृत्वमा माथिदेखि तलसम्म एउटै विचार र सिद्धान्त नहुने भने पार्टी अगाडि बढ्न नसक्ने भन्दै गतिशील संगठन बनाउन नेतृत्वबीचमा पनि छलफल हुनुपर्ने बताए ।

‘चेन अफ कमान्ड कमजोर भए पार्टी अगाडि बढ्न  सक्दैन। यसमा भर पर्नुपर्छ तर त्यसका कमजोरी सच्याउन पनि लाग्नुपर्छ । माथि होस् या तल चेन अफ कमान्ड दह्रो हुनुपर्छ’, उनले भने, ‘यो चिज बलियो बनाउन सके पार्टी मजबुत भएर जान्छ। पार्टीमा भावनात्मक एकता हुनुपर्छ ।’

उनले नेता-कार्यकर्ताले संगठन र विचारमा स्वामित्व खोज्ने भन्दै यसका लागि व्यापक छलफल र विमर्श गरेर स्वामित्व बोध हुने गरी काम अगाडि बढाउनु जरुरी रहेको पनि उल्लेख गरे ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ३ : ४९ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन