पोखरालाई हराउँदै प्ले अफमा पुग्यो सुदूरपश्चिम रोयल्स « Khabarhub

पोखरालाई हराउँदै प्ले अफमा पुग्यो सुदूरपश्चिम रोयल्स


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितअन्तर्गत आइतबार भएको भिडन्तमा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्ले अफमा पुग्ने तेस्रो टोली भएको छ ।

समूह चरणका ६ खेलबाट जनकपुरसँगै समान १० अंक बनाएको सुदूरपश्चिमले पोखराविरुद्ध चाहेअनुसारको परिणाम निकाल्दै प्ले अफ यात्रा तय गरेको हो ।

सुदूरबाट मिलेको १५४ रनको चुनौती पछ्याएको पोखरा १९.४ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनमा समेटियो ।

सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोज प्लेअफमा पुगिसकेका छन् । आइतबारकै पहिलो खेलमा विराटनगर किङ्सलाई एक विकेटले हराएको काठमाडौं गुर्खाजसँग समान ८ अंक हुँदा पनि रनरेटमा पछि पार्दै चितवनले प्लेअफमा पुगिसकेको छ ।

सुदूरपश्चिम र कर्णाली याक्सबीच सोमबार हुने लिग चरणको अन्तिम खेलले प्लेअफमा पुग्ने चौथो र अन्तिम टोलीको टुंगो लाग्ने छ

सुदूरपश्चिम विजयी हुँदा शीर्ष स्थानमा रहँदै जनकपुरसँग इलिमिनेटर खेल्नुपर्नेछ।

सुदूर हारेमा रनरेटका आधारमा सुदूर, जनकपुर र कर्णालीमध्ये शीर्ष २ का टोलीले इलिमिटेरमा भिड्नेछन् ।

सोमबार कर्णालीले जिते काठमाडौं लिग चरणबाटै बिदा हुनेछ । सुदूरले जितेमा रनरेटका आधारका कर्णाली र काठमाडौंमध्ये एकले प्लेअफ यात्रा तय गर्नेछन् ।

आइतबार सुदूरविरुद्धको खेलमा पनि पोखराका क्याप्टेन कुशल भुर्तेल शुन्यमै बाहिरिँदै फ्लप सावित भए । पोखराका लागि एन्ड्रिज ओउसले ३६ रनको योगदान दिए ।

उता रेइमन रेइफरले ३३ र किरन ठगुन्नाले ३२ रन बनाए । सुदूरलाई जिताउने क्रममा स्कट कुग्गेलिनले ३.४ ओभर बलिङ गर्दै ५ विकेट झारे। हरमित सिंहले ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । आरिस शेखले नटआउट ४२ र ब्रेण्डोन म्याकमुलेनले २३ रन बनाए । क्याप्टेन दीपेन्द्र सिंह ऐरीले पनि २० रनको योगदान गरे ।

पराजित पोखराका लागि क्याप्टेन कुशल भुर्तेलले २ विकेट लिए । रेइमन रेफर, सागर ढकाल र मिचेल लिस्कले एक-एक विकेट लिए ।

यस जितपछि सुदूरपश्चिम ६ खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ। पराजित पोखराले सात खेलबाट ६ अंकसहित प्रतियोगिताबाट बिदा भएको छ । जनकपुर बोल्ट्स १० अंकसहित दोस्रो स्थानमा छ । चितवन राइनोज, कर्णाली र काठमाडौं गुर्खाजले ८/८ अंक बनाएका छन् ।

तस्बिरहरू : चिरायु शाक्य

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ४ : २१ बजे

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका