अर्थसंक्षेप : पुस महिनाका लागि अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर, काठमाडौं-टीकापुर उडान सुरू | Khabarhub Khabarhub

अर्थसंक्षेप : पुस महिनाका लागि अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर, काठमाडौं-टीकापुर उडान सुरू


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अधिकांश वाणिज्य बैंकहरूको पुस महिनाका लागि मुद्दतितर्फको ब्याजदर स्थिर रहेको छ । तीन तहका सरकारको सक्रिय पहलकदमीका कारण गाउँ गाउँमा सडक पुग्दा कर्णालीवासीको जीवनस्तरमा समेत सुधार आएको छ ।

आजका प्रमुख आर्थिक समाचार :

पुस महिनाका लागि अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर

पुस महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर रहने भएको छ । २० वटा वाणिज्य बैंकहरूले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदरअनुसार ६ वटाले ब्याजदर परिवर्तन गरेका छन् भने बाँकी १४ वटाको भने स्थिर रहेको छ ।

पुस महिनाका लागि कृषि विकास, प्राइम कमर्सियल र एनएमबि बैंकले भने व्यक्तिगततर्फको मुद्दतीमा ब्याजदरमा केही प्रतिशतले वृद्धि गरेका छन् । जसमा प्राइम कमर्सियल बैंकले मंसिर महिनामा व्यक्तिगत मुद्दतीतर्फ रहेको ५.५७ प्रतिशत ब्याजदरलाई वृद्धि गरेर पुस महिनाका लागि ६.२५ प्रतिशत पुर्‍याएको छ भने एनएमबि बैंकले ५.७५ प्रतिशतबाट ६.६ प्रतिशत पुर्‍याएको छ ।

कर्णाली समृद्धिको आधार बन्दै सडक

पछिल्लो समय कर्णाली चार वटा सडकले जोडिएको छ । विकासको पहिलो सर्त कर्णालीका लागि सडक नै हो । दश वर्ष अघिसम्म आफ्नो तौलभन्दा बढी सामान बोकेर थप, थप आँसु चुहाउँदै नुन, चामलको जोहो गर्ने कर्णालीका ग्रामीण क्षेत्रका स्थानीयवासीले अहिले यातायातको साधनमा दैनिक उपभोग्य सामग्री ढुवानी गरेर लिने गरेका छन् ।

आफ्नो खेतबारीमा उत्पादन भएको कृषिजन्य वस्तु बजारसम्म लिनका लागिसमेत सहजै सवारी साधनको प्रयोग हुँदै आएको छ । तीन तहका सरकारको सक्रिय पहलकदमीका कारण गाउँ गाउँमा सडक पुग्दा कर्णालीवासीको जीवनस्तरमा समेत सुधार आएको छ ।

आजदेखि काठमाडौं-टीकापुर उडान सुरू

सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो ।

पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँलगायतले स्वागत गरेका थिए । विमान अवतरणका क्रममा सयौँको सङ्ख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका पूर्वउपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले निजलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले फैसला कार्यान्वयनका लागि हाम्रो टोलीले पक्राउ गरेको हो ।’

मुढा बनाएर आम्दानी गर्दै कैदीबन्दी

दाङस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन् ।

घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत पाँचदेखि आठ सय र मुढा बनाएर मासिक चारदेखि पाँच हजारसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले माछामार्ने जाल, ढकी, खेलौनालगायत सामग्री पनि बनाउने गरेका छन् ।

सुनको मूल्य घट्यो

नेपाली बजारमा आज प्रतितोला सुन दुई हजार दुई सय रुपैयाँले घटेको छ ।

गत साता शुक्रबार प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको सुन आज बजार खुल्दा एक लाख ५० हजार रुपैयाँमा ८०० कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पाँच दिने औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन् । मन्त्री भण्डारी आज औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेपाल र दक्षिण कोरियासँग कूटनीतिक मैत्रीपूर्ण सम्बन्ध भएको ५० वर्ष पूरा भएका अवसरमा विभिन्न सम्झौता गर्न मन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ५ : ४७ बजे

दिलिपको छोरी दिव्या भन्छिन् – ‘स्टारकिड’ लाई फिल्ममा आउन सजिलो, स्थापित हुन गाह्रो

काठमाडौं – नेपाली फिल्मी क्षेत्रमा नयाँ ‘स्टारकिड’को आगमन भएको छ

६ महिनापछि समाजवादी मोर्चा सक्रिय, नयाँ रणनीति बनाउन बैठक

काठमाडौं– नेकपा माओवादी केन्द्रको पहलमा गठित समाजवादी मोर्चाको बैठक सुरू

हाइड्रोलाई आईपीओमा ल्याउँदा छुटै कार्यविधि बनाउन ऊर्जा व्यवसायीको माग 

काठमाडौं– हाइड्रो कम्पनीहरूलाई सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) जारी गर्दा

अभद्र व्यवहार मुद्दामा आशिका तामाङ पक्राउ, गौशाला वृत्त लगियो

काठमाडौं- पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल भइरहेकी

नेपालगञ्जमा डिजिटल प्रवर्द्धन गर्न ‘क्यान इन्फोटेक’

राँझा– नेपालगञ्जमा डिजिटल प्रविधि प्रवर्द्धन गर्न कम्प्युटर एसोसिएसन अफ नेपाल