शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ : मुख्यमन्त्री शाह | Khabarhub Khabarhub

शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ : मुख्यमन्त्री शाह


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भजनी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शिक्षामा समयानुकूल परिमार्जन आवश्यक रहेको बताएका छन्  ।

कैलालीको टीकापुरस्थिति वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीको स्वर्णस्तम्भ शिलान्यास कार्यक्रममा उनले बदलिँदो समयानुसार शैक्षिक रूपान्तरण जरुरी रहेको बताएका हुन् । ‘समयसँगै हरेक गतिविधि परिमार्जन हुनुपर्छ । शिक्षामा पनि त्यही हो । हिजो टीकापुरलाई शैक्षिक नगरीका रूपमा चिनाउने वीरेन्द्र विद्यामन्दिरलाई पनि त्यसै गरी परिवर्तन गर्न आवश्यक छ’, मुख्यमन्त्री शाहले भने ।

उनले शैक्षिक क्षेत्रको विकासमा भूमिका खेलेका स्वर्गीय खड्गबहादुर सिंहलाई बिर्सन नमिल्ने भन्दै राम्रा कामहरूबाट आफ्नो क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन प्रयत्न गरिरहनुपर्ने धारणा राखे ।

मुख्यमन्त्री शाहले टीकापुर प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले काम अगाडि बढाएको जानकारीसमेत दिए ।’ प्राविधिक विश्वविद्यालय स्थापनाको लागि सबैको सहयोग चाहिएको छ । सबैसँगै अगाडि नबढ्ने हो भने गन्तव्यमा पुग्न सकिँदैन’, उनले भने ।

मुख्यमन्त्री शाहले वीरेन्द्र विद्यामन्दिरले उत्पादन गरेको जनशक्तिलाई विद्यालयको विकासका लागि सहयोग गर्नुपर्नेमा जोड दिए । ‘विद्यालयको स्वर्णजयन्तीका लागि मेरो एक महिनाको पारिश्रमिक विद्यालयलाई दिने घोषणा गर्दछु । अन्य क्षेत्रमा आबद्धहरूले पनि यसै गरी सकेको सहयोग गरे आर्थिक अभाव हुँदैन’, उनले भने, ‘हरेक कामका लागि राज्यको मुख ताक्नुपर्ने स्थिति बनाइनु हुँदैन तर पनि सरकार हरेक काममा सहयोग र समन्वय गर्न तयार छ ।’

वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीले आफ्नो स्थापनाको ५० औँ वर्षका अवसरमा आगामी फागुन ९ देखि ११ गतेसम्म स्वर्ण महोत्सव आयोजना गर्दैछ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ५ : ५४ बजे

कर्मचारीलाई भौतिकमन्त्रीको निर्देशन- कानुनले दिएको अधिकार उपयोग गर्नुस्

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नहिचकिचाईकन कानुनले दिएको

नक्कली शरणार्थी प्रकरण : सर्वाेच्चको झिकायो झाको मुद्दाका कागजात

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाको भूमिका निर्वाह गरेपछि हाल

सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाग्लुङकी ७४

पाथीभरामा केबलकार निर्माण रोक्न राजेन्द्र महतोको माग

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको फुङलिङ

जनताले मत दिएर गोरु जस्तै जोतिएर देशको सेवा गर्ने इच्छा छ : विप्लव

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गोरूजस्तै