गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ « Khabarhub

गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

नवलपरासी–  पश्चिम नवलपरासीको सुस्तामा गत बिहीबार साँझ भएको गोलीकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

सुस्ता गाउँपालिका–२ मुसहर टोल बस्ने २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले सुस्ता–२ महलबारी बस्ने २२ वर्षीय विशाल मुसहर, सोही स्थानका २१ वर्षीय मोहन थारू र १८ वर्षीय साहिल थारूलाई पक्राउ गरेको थियो ।

उनीहरू साथीभाइ रहेको र सामान्य आवेगमा घरमै बनेको बन्दुक प्रयोग गरी गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ ।

वेल्डिङको काम गर्दै आएका उनीहरूले आफैँले फलाम स्पिड तथा रबर प्रयोग गरी पेस्तोल बनाएका थिए । सोही पेस्तोल लोड गरेर आएका उनीहरूले सामान्य विवादमा महतोमाथि गोली प्रहार गरी भागेको बताइएको छ ।

उनीहरूका साथबाट प्रहरीले स्थानीयस्तरमा उत्पादन गरिएको पेस्तोल एक थान, २८ थान छर्रा, १२ वटा सलाई, तीन थान छर्रा राख्ने फ्रेम बरामद गरेको छ । पेस्तोल बनाउन आवश्यक सामग्रीहरू सीमावर्ती भारतीय बजारबाट खरिद गरी ल्याएको पाइएको छ ।

पक्राउ परेकाहरू माथि कर्तव्य ज्यान तथा हातहतियार खरखजना कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ६ : २९ बजे

राष्ट्रियसभा दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको

राष्ट्रियसभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाले रसुवा बाढीपछि विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव पारित गरेको

तापेथोक–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा

ताप्लेजुङ– ताप्लेजुङ–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा आएको छ । तमोर नदीमाथि

राष्ट्रियसभा सदस्य : सरकारबीच समन्वय गरेर उद्धार प्रभावकारी बनाउन आग्रह

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरूबीच

अमेरिकी आर्थिक कारबाहीमा ईयूको समर्थनप्रति इरानको निन्दा

एजेन्सी– इरानविरुद्ध अमेरिकाले जारी गरेको आर्थिक कारबाहीमा (युरोपियन युनियन) ईयूको